भक्तपुर । नेपाल क्षयरोग निवारण संस्था, भक्तपुर शाखाको १२ औँ अधिवेसन तथा ४५ औँ जिल्ला सभा सम्पन्न भएको छ ।
अधिवेसनले हिरण्यप्रताप साङ्गामीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत सर्वसम्मत निर्वाचित गरेको छ ।
जिल्लाका सभापति पुष्पलाल तिमिलाको सभाध्यक्षतामा सम्पन्न उक्त अधिवेसनमा प्रमुख अतिथि एवम् नेपाल क्षयरोग निवारण संस्थाका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज महेन्द्रगोपाल कर्माचार्य, अतिथिहरू राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका प्रशासकीय उपसचिव पुस्कर थापा, प्याब्सन भक्तपुरका निवर्तमान अध्यक्ष सुरेन्द्र श्रेष्ठ, संस्थाका प्रशासकीय अधिकृत रामकाजी कार्की, निर्वाचन अधिकृत गजेन्द्र तिमिलालगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन सचिव सुमन श्रेष्ठले गरेका थिए भने स्वागत मन्तव्य उपसभापति सुरेश प्रधानले राखेका थिए ।
सम्पन्न अधिवेसनबाट निर्वाचित कार्यसमितिको उपसभापतिमा राजेश्वरी शिल्पकार, सचिवमा विजय कर्माचार्य, कोषाध्यक्षमा कृष्णदास कायस्थ, सह–सचिवमा रत्नालक्ष्मी भैल रहेका छन् ।
त्यस्तै सदस्यहरुमा सुमन श्रेष्ठ, सानुकाजी त्वायना, मनोहरदास कारञ्जित, दिनेश चरण श्रेष्ठ, मेनुका भाषिमा, बाबुकृष्ण रञ्जित रहेका छन् ।