शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentशिक्षाछालिङको साईनिङ्गमा सकारात्मक अभिभावकत्वबारे अभिमुखीकरण

छालिङको साईनिङ्गमा सकारात्मक अभिभावकत्वबारे अभिमुखीकरण

भक्तपुर । साईनिङ्ग ईङ्गलिस सेकेन्डरी स्कुलमा सकारात्मक अभिभावकत्व कलाबारे अभिमुखीकरण सम्पन्न भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्बर ५ (साईनिङ्ग रोड) पकुनेपाटीस्थित उक्त स्कुलमा अभिभावकहरूको उत्साहजनक उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

माघ २६ गते शनिवारका दिन भएको उक्त उत्प्रेरणामूलक अभिमुखीकरणमा प्रशिक्षक तुलसीहरि प्रजापतिले सहजीकरण गरेका थिए । उनले सो क्रममा विद्यार्थीको पढाइ र भविष्यका लागि अभिभावको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनले विद्यार्थीलाई सक्रिय बनाउने, सुसंस्कृत बनाउने जिम्मा अभिभावकको भएको जनाउँदै विद्यार्थीलाई सिर्जनशील बनाउने वातावरण अभिभावकले बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा स्कुल सञ्चालक समिति अध्यक्ष बिक्रम ढुकुछुले असल अभिभावक तथा स्कुलको जिम्मेवारीको विषयमा धारणा राख्दै काममा व्यस्त अभिभावकहरुको व्यस्तताको गलत फाइदा सन्तानले लिनेतर्फ सजग हुन अभिभावकलाई अनुरोध गरे । उनले स्कुलले प्रोग्रेसिभ एजुकेसनलाई अगाडि बढाएर लाने योजना सुनाउँदै त्यसका लागि अभिभावकहरुलाई सहयोग गर्न अनुरोध गरे ।

विद्यालयकी प्रिन्सिपल लक्ष्मी खाताखोले कार्यक्रममा सभागी सम्पूर्णलाई धन्यवाद व्यक्त गरिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको