मङ्लबार, बैशाख ८, २०८३

31.8 C
Bhaktapur
मङ्लबार, बैशाख ८, २०८३
31.8 C
Bhaktapur
HomeNews Contentशिक्षावि किड्स स्कुलको दीक्षान्त समारोह सम्पन्न

वि किड्स स्कुलको दीक्षान्त समारोह सम्पन्न

भक्तपुर, चैत २७ । We Kids School ले पूर्व प्राथमिक तह पार गरेका विद्यार्थीहरूका लागि भव्य दीक्षान्त समारोह आयोजना गरेको छ। सूर्यविनायक नगरपालिका पाण्डुबजार हाइटस्थित विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा उत्साहजनक सहभागिता देखिएको थियो।

“एक्सप्लोर, लर्न र ग्रो” अवधारणालाई आत्मसात गर्दै विद्यालयले बालबालिकालाई कक्षाकोठाभित्र मात्र सीमित नराखी प्रत्यक्ष सहभागितामार्फत सिकाइ अगाडि बढाउँदै आएको जनाएको छ। बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राखेर स्थापना गरिएको विद्यालयले विद्यार्थीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताएको छ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल मन्जु दुवाल ले दीक्षित विद्यार्थीलाई बधाई दिँदै आगामी शैक्षिक यात्राको सफलताको कामना गरिन्। उनले अभिभावकको साथ र सहयोगले बालबालिकाको भविष्य उज्ज्वल बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिन्। साथै, वि किड्सबाट अध्ययन पूरा गरी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरूले आफूलाई अब्बल रूपमा स्थापित गरिरहेको जानकारी समेत दिइन्।

अभिभावकहरूको तर्फबाट विकास सुकुपायो र अरविन्द प्रजापति ले आफ्ना अनुभव साझा गर्दै विद्यालयले बालबालिकाको समग्र विकासमा खेलेको भूमिकाप्रति सन्तुष्टि व्यक्त गरे।

त्यसैगरी, एकेडेमिक कोर्डिनेटर श्रीदेवी कर्माचार्य ले विद्यालयको शैक्षिक उपलब्धि तथा आगामी योजना अभिभावकसमक्ष प्रस्तुत गरिन्। उनले विद्यालयसँग सहकार्य र सहयोगका लागि सम्पूर्ण अभिभावकलाई धन्यवाद दिँदै दीक्षित विद्यार्थीहरूलाई बधाई ज्ञापन गरिन्।

कार्यक्रममा दीक्षित विद्यार्थीहरूले वर्षभरिका आफ्ना सिकाइ अनुभवहरू गीत, संगीत, नृत्य लगायतका सांस्कृतिक प्रस्तुतिमार्फत प्रस्तुत गरेका थिए। कार्यक्रमको सञ्चालन विद्यार्थीहरू आर्भी शिल्पकार, कियारा भेले, डिभिड अर्याल र आयान्स प्रधानाङ्गले गरेका थिए भने स्वागत मन्तव्य कियान जङ्ग खत्री र आन्या शर्मा वाग्लेले दिएका थिए। धन्यवाद ज्ञापन आन्भी प्रजापति र केभिन गौतमले गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको