भक्तपुर, चैत २६ । चाँगुनारायण नगरपालिका–९, ताथलीस्थित एसएस सदन सेकेन्डरी स्कुलले कक्षा ८ को नगरस्तरीय परीक्षामा शतप्रतिशत नतिजा हासिल गरेको छ।
विद्यालयका अनुसार यस वर्ष परीक्षामा सहभागी २६ जना विद्यार्थी सबै उत्तीर्ण भएका छन्। नतिजाअनुसार ८ जना विद्यार्थीले ३.६ देखि ४.० GPA, ११ जनाले ३.२ देखि ३.६ GPA र ७ जनाले २.८ देखि ३.२ GPA प्राप्त गरेका छन्। विद्यालयको समग्र औसत GPA ३.४२ रहेको छ।
विद्यालयले सार्वजनिक गरेको नतिजामा “कक्षा ८ को नगर स्तरीय परीक्षामा ३.९५ GPA सहित शतप्रतिशत उत्तीर्ण” भएको उल्लेख गर्दै सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।
विद्यालय प्रशासनका अनुसार विद्यार्थीहरूको मेहनत, अनुशासन र निरन्तर प्रयासका कारण यस्तो उत्कृष्ट नतिजा सम्भव भएको हो। साथै शिक्षक, अभिभावक र विद्यालय परिवारको सामूहिक योगदानले सफलता हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ।
विद्यालयले सबै उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेको छ।
