– हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरमा कक्षा ११ सञ्चालन हुने ४३ वटा स्कुल रहेका छन् । उत्कृष्ट शैक्षिक गन्तव्य र गुणस्तरीय शिक्षाको केन्द्रको दिशामा भक्तपुर अघि बढिरहेको छ । भक्तपुरका शैक्षिक संस्थाहरु, शैक्षिक क्लष्टर तथा संघसंगठन, पालिका र राजनीतिक दलहरुले भक्तपुरलाई उत्कृष्ट शैक्षिक गन्तव्य बनाउने अभ्यास गरिरहेका छन् ।
भक्तपुर जिल्लाका चार पालिकाहरुका विभिन्न स्थानमा सोको संख्यामा स्कुल सञ्चालन भइरहेका छन् । ती स्कुलहरुमध्ये कतिपयमा कलेज तहको समेत कक्षा सञ्चालन भइरहेका छन् भने कतिपयले कक्षा ११ सञ्चालनको अनुमति पाए पनि सञ्चालन गरेका छैनन् ।
भक्तपुर टाइम्स र चाँगुपत्र साप्ताहिकले संकलन गरेको तथ्यांकले उक्त तथ्य बाहिर ल्याएको हो । तथ्यांकले चाँगुनारायण नगरपालिकामा १० वटा स्कूलमा कक्षा ११ सञ्चालनमा रहेका छन् ।(यसको विवरण तल हेर्न सक्नुहुन्छ ।) यसैगरी भक्तपुर नगरपालिकामा १६, मध्यपुर थिमि नगरपालिकामा ८ र सूर्यविनायक नगरपालिकामा ९ वटा स्कुलमा कक्षा ११ सञ्चालन भइरहेका छन् । (यसको विवरण तल हेर्न सक्नुहुन्छ ।) ती स्कुलहरुमा मानविकी, व्यवस्थापन, विज्ञान, कानून विषय समूहसँग विभिन्न विषयहरुको पठनपाठन जारी रहेको छ ।
यी हुन् विवरण :
भक्तपुर नगरपालिका
– वागीश्वरी मावि/कलेज
– आदर्श आजाद मावि/कलेज
– शारदा मावि
– बासु मावि/कलेज
– श्रीपद्म मावि/कलेज
– विद्यार्थी निकेतन मावि
– अक्सफोर्ड प्राक्टिकल स्कुल
– भक्तपुर मोडर्न स्कुल/कलेज
– निकल्सन मावि/कलेज
– ख्वपः मावि/कलेज
– सैनिक आवासीय मावि/कलेज
– डा. इवामुरा कलेज अफ हेल्थ साइन्स
– ख्वपः पोलिटेक्निक इन्ष्टिच्युट
– समता शिक्षा निकेतन
– राजर्षी गुरुकूल
– जेन्यूइन सेकेण्डरी स्कूल
नोट : यी मध्ये कुनै स्कुलहरुले कक्षा ११ र १२ को स्वीकृति लिएका छन् तर सञ्चालन गरेका छैनन् भने कतिपय स्कुलहरुमा कलेज तहका संकाय समेत सञ्चालन भइरहेका छन् । साथै भक्तपुरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः इन्जिनियरिङ कलेजका साथै भक्तपुर बहुमुखी क्याम्पस पनि रहेको छ ।
चाँगुनारायण नगरपालिका
– रोम्वस सेकेण्डरी स्कुल
– चाँगुनारायण मावि
– ऋतम्भरा पाठशाला
– सरस्वती मावि
– महेन्द्रग्राम मावि
– दोलागिरि मावि
– देवी मावि
– श्रीकृष्ण मावि
– एसएस सदन सेकेण्डरी स्कुल
– इएमई पोलिटेक्निक
नोट : यीमध्ये केही स्कुलहरुमा कक्षा ११÷१२ सञ्चालन हाल स्थगित छ । नगरपालिकामा नेपाल इन्जिनियरिङ कलेज, जनकपुर इन्जिनियरिङ कलेज, श्रीकृष्ण बहुमुखी क्याम्पसका साथै काठमाडौं मेडिकल कलेज, खरिपाटी मिलिटरी एकेडेमी पनि सञ्चालनमा रहेका छन् ।
सूर्यविनायक नगरपालिका
– जोरपाटी मावि
– काठमाडौं वल्र्ड स्कुल
– सूर्यदिप मावि
– शान्ति निकेतन मावि
– मोडर्न स्कुल÷कलेज
– अरनिको मावि
– महेन्द्र शान्ति मावि
– मिडभ्याली स्कुल/एसएस कलेज
नोट : यीमध्ये केहीमा कक्षा ११ सञ्चालन भएका छैनन् । नगरपालिकामा काठमाडौं स्कुल अफ ल पनि सञ्चालनमा रहेको छ ।
मध्यपुरथिमि नगरपालिका
– एसओएस हर्मन माइनर स्कुल
– आदर्श मावि
– आदर्श लायकू मावि
– बोडे मावि
– विनायक शिक्षा निकेतन
– सुप्रिम एकेडमी
– एस.एस. कलेज
– भक्तपुर निष्ट स्कुल
– जनप्रेमी वल्र्ड स्कुल
नोट : यस नगरपालिकामा सानोठिमी क्याम्पस, समृद्धि क्याम्पसलगायतका शैक्षिक प्रतिष्ठानहरु सञ्चालनमा रहेका छन् ।
