शुक्रबार, बैशाख ४, २०८३

28.2 C
Bhaktapur
शुक्रबार, बैशाख ४, २०८३
28.2 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रअसहयोगीका नाममा...

असहयोगीका नाममा…

  • सृजना प्रजापति

पक्षीको पङ्ख काटिदेउ,

उड्न नसिकाऊ ।

अनि, उचाइबाट खसालिदेऊ ।

ती छिट्टै मर्नेछन् ।

तिमी उसको मृत्यको आनन्द लेऊ ।

भौतिक मृत्यु मात्र मृत्यु हो र ?

उसको आशा मारिदेउ ।

इच्छाको बलि चढाउ ।

मन त्यसै दिन मर्नेछ ।

रिस पनि उठ्दैन अब,

मनमा प्रश्नहरू उठ्छन् ।

हरेकपल्ट चित्त धुलो पर्छन् ।

तैपनि, सहेरै बाच्नैपर्छ ।

जीवन कसको एक समान छ र ?

तैपनि, भित्तामा हाँसेकै हुन्छ ।

पीडाको तस्बिरले पदक पाउँछ ।

तर, के तिमीलाई केही फरक पर्छ ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको