भक्तपुर । भक्तपुर नगरपालिका–४ गःपलीस्थित सेकरिड हार्ट एकेडेमीले आफ्नो २३औँ वार्षिकोत्सवलाई उपलब्धि, अनुशासन, संस्कार र समग्र शैक्षिक दृष्टिकोणको भव्य अभिव्यक्तिका रूपमा सम्पन्न गरेको छ। पुरस्कार वितरण, विद्यार्थी तथा शिक्षक सम्मान र विविध सांस्कृतिक प्रस्तुतिसहित आयोजित कार्यक्रमले विद्यालय नतिजा उत्पादन गर्ने संस्था नभई चरित्र निर्माण गर्ने केन्द्रका रूपमा स्थापित भइरहेको सन्देश दिएको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले विद्यार्थीको सफलता कुनै आकस्मिक घटना नभई निरन्तर मिहिनेत, अभ्यास र अवसरको सही सदुपयोगबाट सम्भव हुने बताए। उनले प्रत्येक विद्यार्थीभित्र लुकेको सम्भावनालाई पहिचान गरेर त्यसलाई सही दिशामा लैजानु नै शिक्षाको मूल उद्देश्य भएको उल्लेख गर्दै शिक्षकहरूको भूमिका केवल पाठ्यपुस्तकमा सीमित नरहने धारणा व्यक्त गरे। अवसर पाए हरेक विद्यार्थी उत्कृष्ट बन्न सक्छन्, त्यसका लागि शिक्षकले विद्यार्थीको क्षमता अनुसार मार्गदर्शन गर्नुपर्छ,´उनले भने। उनले एसईई २०८१ मा ४ जीपीए ल्याउन सफल विद्यार्थी प्रिन्स लामालाई विशेष रूपमा बधाई दिँदै यस्तो उपलब्धि विद्यालय, अभिभावक र समग्र समुदायका लागि गर्वको विषय भएको बताए। उनका अनुसार बलियो शैक्षिक आधारले मात्र विद्यार्थीको भविष्य सुरक्षित, सक्षम र प्रतिस्पर्धी बन्न सक्छ। विद्यालयका प्रिन्सिपल श्रीराम सुवालले विद्यालयले हासिल गरेको उपलब्धि कुनै एक व्यक्तिको प्रयास नभई सामूहिक योगदानको परिणाम भएको बताए।
उनले एसईई २०८१ मा ४ जीपीए ल्याउन सफल विद्यार्थीलाई सम्मानित गर्दै प्रोत्साहनस्वरूप रु. ५० हजार नगद पुरस्कार प्रदान गरिएको जानकारी दिए।हामी केवल अंकमा सीमित सफलता होइन, जीवनमा उपयोगी हुने ज्ञान र संस्कार दिन चाहन्छौं,´ उनले भने, किताबी ज्ञानसँगै अनुशासन, नैतिकता र सामाजिक उत्तरदायित्व सिकाउनु आजको शिक्षाको मुख्य चुनौती हो।´उनका अनुसार हाल विद्यालयमा करिब ६०० विद्यार्थी अध्ययनरत छन् र विद्यालयले शैक्षिक गुणस्तर सुदृढ पार्दै अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको समग्र विकासमा जोड दिँदै आएको छ।
कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले विद्यालयको उपलब्धिको खुलेर प्रशंसा गरे। उनले उत्कृष्ट नतिजा प्राप्त हुनुमा विद्यार्थीको मिहिनेत, शिक्षकको समर्पण, विद्यालय व्यवस्थापनको दूरदृष्टि र अभिभावकको सहयोग बराबरी रूपमा जिम्मेवार रहेको उल्लेख गरे।यी चार पक्षबीच सन्तुलन कायम हुँदा मात्र शिक्षा क्षेत्रमा उत्कृष्टता सम्भव हुन्छ,´उनले जोड दिए।
कार्यक्रममा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवाल, उत्प्रेरक विकाश देव लामा, तथा नेसनल प्याव्सन भक्तपुरका उपाध्यक्ष राम प्रसाद खाताखोलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
वार्षिकोत्सव कार्यक्रममा एसईई २०८१ का उत्कृष्ट विद्यार्थी सम्मान, शिक्षक तथा कर्मचारी सम्मान, कक्षागत उत्कृष्ट विद्यार्थी सम्मान र विभिन्न विधामा अब्बल तथा विजेता विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। यसले विद्यालयले शैक्षिक उपलब्धिलाई मात्र होइन, निरन्तरता, लगनशीलता र अनुशासनलाई पनि बराबरी महत्व दिने परम्परा कायम गरेको छ ।
कार्यक्रमको अर्को महत्वपूर्ण पाटोका रूपमा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक कार्यक्रमहरू रहेका थिए। नृत्य, गीत, नाटक तथा अन्य सिर्जनात्मक प्रस्तुतीहरूले विद्यार्थीभित्र रहेको प्रतिभा, आत्मविश्वास र सांस्कृतिक चेतनालाई उजागर गरेका थिए। ती प्रस्तुतीहरूले विद्यालय शिक्षा पाठ्यपुस्तकको सीमाभित्र सीमित नभई जीवनका विविध आयामसँग जोडिएको हुन्छ भन्ने सन्देश दिएको छ ।
एकेडेमीको २३औँ वार्षिकोत्सव उत्सवमात्र नभई शैक्षिक दर्शनको एक सशक्त अभिव्यक्ति बनेको छ। ४ जीपीएको गौरवसँगै विद्यालयले अघि सारेको संस्कारयुक्त, व्यवहारिक र जीवनोपयोगी शिक्षाको अवधारणाले आगामी दिनमा अझ सक्षम, जिम्मेवार र नैतिक नागरिक उत्पादन गर्ने आधार तयार गरेको देखिन्छ। यसले भक्तपुरको शैक्षिक क्षेत्रमै सकारात्मक सन्देश प्रवाह गर्दै गुणस्तरीय शिक्षातर्फको यात्रालाई थप दृढ बनाएको छ।

doxycycline for dogs
doxycycline for dogs
linezolid cost per tablet
linezolid cost per tablet
dutasteride prescription online
dutasteride prescription online
lasix medicine for urine
lasix medicine for urine