शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentशिक्षाभक्तपुरको राेम्वस स्कुललाई ‘आइएसओ सर्टिफिकेट’

भक्तपुरको राेम्वस स्कुललाई ‘आइएसओ सर्टिफिकेट’

भक्तपुर । भक्तपुरको राेम्वस सेकेणडरी स्कूलले `आइएसओ सर्टिफिकेट’ प्राप्त गरेकाे छ । भक्तपुरको कमलविनायककाे टाउन प्लानिङमा अवस्थित उक्त विद्यालयले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह (आइएसओ सटिर्फिकेट) प्राप्त भएको छ ।

शैक्षिक क्षेत्रमा उत्कृष्ट काम गर्दै आइरहेकाे विद्यालयहरुलाई आइएसओ प्रमाणपत्र दिँदै आएको छ । एभरेष्ट इन्टरनेशनल कसल्टेन्सी काठमाडौँले शैक्षिक संस्थाको शैक्षिक तथा व्यवस्थापकीय अवस्थाको मूल्यांकनका आधारमा कैयन अन्तरक्रिया, तालिम र सूचकको मापन गर्दै प्रमाणपत्र दिँदै आएको छ ।

विद्यालयका संस्थापक प्रिन्सिपल डा. राजेन्द्र काेजूले उक्त प्रमाणपत्रका लागि विद्यालयले भाैतिक, शैक्षिक र व्यवस्थापकीय मापदण्ड पूरा गरेकाे बताए । उनले साे प्रमाणपत्र पाउनका लागि आवश्यक अधिकांश मापदण्ड पूरा गरेको जनाउँदै साे प्रमाणपत्र आज एक समारोहबीच एभरेष्ट इन्टरनेशनल कन्सल्टेन्सीले हस्तान्तरण गर्ने जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको