शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारनगरकाेट भ्रमण वर्षका लागि २०१ सदस्यीय समिति गठन : उत्साहित भए चाँगुनारायणवासी

नगरकाेट भ्रमण वर्षका लागि २०१ सदस्यीय समिति गठन : उत्साहित भए चाँगुनारायणवासी

भक्तपुर । २०८२ सालकाे बैशाखदेखि सुरू हुने नगरकाेट भ्रमण वर्षका लागि २०१ सदस्यीय समिति गठन भएकाे छ । चाँगुनारायण नगरपालिकाले नगरपालिकामा पर्यटन गतिविधि बढाउन र पर्यटकीय नगरी नगरकाेटकाे प्रवर्द्धनका लागि गर्न लागेकाे भ्रमण वर्ष २०८२ सफल बनाउन चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकाेटस्तरीय समन्वय समिति गठन गरेकाे हाे ।

नगरकाेट भ्रमण वर्षका सम्बन्धमा वडाले गरेकाे बृहत् भेलाले वडा अध्यक्ष धनबहादुर लामाकाे संयाेजकत्वमा २०१ सदस्यीय समन्वय समिति गठन गरेकाे हाे ।

समितिकाे सदस्यहरूमा नगरकाेटका पूर्व जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, हाेमस्टेकर्मी, हाेटल व्यवसायी, पर्यटन उद्यमी, विभिन्न संघसंस्था, विद्यालय, सहकारी, समूह तथा अन्य सराेकारवाला निकायका प्रतिनिधिहरू रहेका छन् ।

भेलाले नगरकाेट भ्रमण वर्ष सफल बनाउन सबैले आआफ्नो ठाउँबाट रचनात्मक सहयोग गर्ने र भ्रमण वर्षलाई सफल बनाउने प्रतिवद्दता जनाएका थिए ।

नगरकाेट भ्रमण वर्षलाई लक्षित गरि वडाले भाैतिक पूर्वाधारदेखि सामाजिक र सांस्कृतिक पूर्वाधार विकासमा तदारुकता देखाइ रहेकाे छ ।

भ्रमण वर्षसँगै हुने पर्यटन गतिविधिले नगरकाेटका साथै चाँगुनारायणकाे आर्थिक समृद्धिमा टेवा पुग्ने भएका कारण चाँगुनारायणवासी उत्साहित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको