·
– हरिसुन्दर छुकां
भक्तपुर । भक्तपुरको सुडालमा श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट ज्ञान महायज्ञ हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं ८ मा अवस्थित बालकुमारी मन्दिर निर्माणबा लागि महायज्ञ हुने भएको हो । ऐतिहासिक र धार्मिक महत्त्वको उक्त मन्दिरको पुनस् निर्माणका लागि गरिने यही माघको ५ गतेबाट सुरू हुने भएको छ ।
त्यसका लागि श्रीमद्भागवत धनधान्याञ्चल बालकुमारी विराट् ज्ञान महायज्ञ तथा श्रृङ्गारिक महाआरती मूल समारोह समिति गठन गरिएको छ । सो समितिका अध्यक्ष तिर्थराज घोरसाइनेले शक्तिरुपिणी माता बालकुमारी देवीको मन्दिर निर्माण गर्ने उद्देश्य राखी आयोजना गरिने महायज्ञमा पण्डित विजय सिग्देलको मुखारविन्दबाट कथा वाचन हुने जानकारी दिए ।
माघ १३ गतेसम्म सञ्चालन हुने उक्त महायज्ञमा संगीतमय कथावाचन, भजन कीर्तन, देवलीला, झाँकी, तुलादान, धान्यन्चल, तण्डुलाचल एवम् शान्ति कलश पूजनलगायतका कार्यक्रम रहेको उनको भनाइ छ ।
चाँगुनारायण नगरपालिकाको समेत समन्वयमा नगरकोट भ्रमण वर्ष २०८२ भव्य रुपमा सफल बनाउन उक्त महायज्ञ सहायक हुने आयोजकको भनाइ छ ।
चाँगुनारायण नगरपालिकाको समेत समन्वयमा नगरकोट भ्रमण वर्ष २०८२ भव्य रुपमा सफल बनाउन उक्त महायज्ञ सहायक हुने आयोजकको भनाइ छ ।
सुडालको मिश्रेको टार भन्ने ठाउँमा सप्ताहव्यापी रूपमा हुने उक्त महायज्ञ सफल बनाउनका लागि गठन गरिएको समितिमा उपाध्यक्ष केशवप्रसाद तिमल्सिना, सचिब साधुराम घोरसाइने, कोषाध्यक्ष शुसिला घिमिरे र सहसचिबमा नबिन कार्की रहेका छन् ।
सो समितिका सदस्यहरूमा लक्ष्मण थापा, रामबहादुर थापा, राजकुमार कार्की, अर्जुन कार्की, भरत कार्की, कल्पना बिष्ट, शुमित्रा दाहाल, शुमित्रा घोरसाइने, महेन्द्रप्रसाद घोरसाइने, माधब प्रसाद घोरसाइने, गंगा प्रसाद अधिकारी, गंगाप्रसाद घोरसाइने , बाशुदेब घोरसाइने, रामशरण घोरसाइने, मनोज बुढाथोकी, धुर्व कार्की, राम कुमार कार्की, कृष्ण बानियाँ, सन्जिब बानियाँ , चिरन कार्की, रोशन तिमल्सिना, लोकनाथ दुलाल, रघुराम दुलाल, सन्तराम दुलाल, गोकर्ण फुयाल, जीवन दाहाल, राजु साखकर्मी, कृष्णा पियारी थापा कार्की, रन्जित रन्जिकार, बुद्द रन्जितकार, सन्तकुमार रन्जितकार, हिराकाजी रन्जितकार, सुकुराम रन्जितकार, सैलेन्द्र कुमार श्रेष्ठ, राजेश नेपाल, हरेराम दुलाल, स्यामप्रसाद घोरसाइने रहेका छन् ।
त्यस्तै महायज्ञलाई सफल बनाउन विभिन्न उपससमितिहरू पनि गठन गरिएको छ । जसअन्तरगत प्रचारप्रसार समिति सयोजक नबिन कार्की, सचिवालय सयोजक महेन्द्र प्रसाद घोरसाइने, पूजा व्यवस्थापन संयोजक बाशुदेब घोरसाइने, बजार खरिद संयोजक माधब प्रसाद घोरसाइने, कलश खरिद बिक्री संयोजक लक्ष्मण थापा, कलश यात्रादेखि अन्तिम बिदाईको जिम्मेवारी अर्जुन कार्कीलाई दिइएको छ । त्यस्तै प्रसादी व्यवस्थापनमा राजु साखकर्मी र राम कुमार कार्की, अतिथि स्वागत तथा गेट निर्माणमा जगनाथ घोरसाइने, सप्ताह मन्डप निर्माण सन्तकुमार रन्जितकार स्वयम् सेवक व्यवस्थापनमा सैलेन्द्र कुमार श्रेष्ठ रहेका छन् ।