शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentअन्तरराष्ट्रियचीनमा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पको धक्का 

चीनमा केन्द्रबिन्दु भएको शक्तिशाली भूकम्पको धक्का 

एजेन्सी । नेपालमा शक्तिशाली भूकम्पको झट्का महसुस गरिएको छ। विज्ञहरूले उक्त भूकम्पको केन्द्रबिन्दु चीनको तिब्बत क्षेत्रमा रहेको बताएका छन्। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रकी प्रवक्ता मनिका झाले बीबीसीसँग भनिन्, “यो भूकम्पको केन्द्रबिन्दु नेपाल नभई चीन हो। तर यसको प्रभाव नेपालका धेरै ठाउँमा महसुस भएको छ।”


गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले नेपालका उत्तरी जिल्लाहरूबाट क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए। उनले भने, “हामीले प्राय: सबैजसो उत्तरी जिल्लाहरूबाट प्रारम्भिक विवरण लिइसकेका छौँ। हालसम्म ठूलो क्षतिको विवरण आएको छैन। प्रभावित हुन सक्ने क्षेत्रहरूमा हामी थप बुझ्दै छौँ।”

राष्ट्रिय आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार चीनमा म्याग्निट्यूड ७ मापन गरिएको उक्त भूकम्पको क्षमता नेपालमा ५.३ म्याग्निट्यूड थियो भने नेपालबाट भूकम्पको केन्द्रबिन्दु औसत दूरी ९० किलोमिटर छ।नेपालमा बिहान ६:५० बजेतिर उक्त भूकम्पको झट्का महसुस गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको