बुधबार, बैशाख २, २०८३

19.6 C
Bhaktapur
बुधबार, बैशाख २, २०८३
19.6 C
Bhaktapur
HomeNews Contentचाँगुपत्र३.९८ जिपिएसहित क्वालिटी स्कूलले निकाल्यो सतप्रतिशत नतिजा

३.९८ जिपिएसहित क्वालिटी स्कूलले निकाल्यो सतप्रतिशत नतिजा

भक्तपुर । Quality Secondary School ले कक्षा ८ को नतिजामा सतप्रतिशत सफलता हासिल गरेको छ। नगरकोट फेदीस्थित विद्यालयले यस वर्ष १०० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेको जनाएको छ।

विद्यालयका अनुसार यस वर्षको परीक्षामा सबैभन्दा उच्च ३.९८ जिपिए प्राप्त भएको छ। त्यस्तै, ३.६ देखि ४.० जिपिए ल्याउने ८ जना विद्यार्थी रहेका छन्। २.८ देखि ३.२ जिपिए ल्याउने ३ जना तथा २.६ देखि ३.२ जिपिए समूहमा १३ जना विद्यार्थी रहेका छन्।

विद्यालयका प्रिन्सिपल जीबी खड्काले नतिजाप्रति सन्तोष व्यक्त गर्दै शिक्षक, विद्यार्थी र अभिभावकको संयुक्त प्रयासले यस्तो उपलब्धि सम्भव भएको बताए। उनले आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन विद्यालय प्रतिबद्ध रहेको उल्लेख गरे।

विद्यालयले विद्यार्थीको समग्र विकासलाई प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको