भक्तपुर । मर्निङ्ग ग्लोरी किन्डरगार्टनको ७औँ वार्षिक उत्सव तथा दीक्षान्त समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम राष्ट्रिय गान तथा मर्निङ्ग ग्लोरी गानबाट औपचारिक रूपमा प्रारम्भ गरिएको थियो।
समारोहमा नर्सरीका २५ जना र युकेजीका ११ जना नानीहरूलाई प्रमुख अतिथि डा. लीला न्याइच्याईले दीक्षान्त प्रमाणपत्र प्रदान गर्नुभयो। साथै, कक्षा १ का ८ जना विद्यार्थीहरूलाई वर्ग शिक्षक भावना सुकुभतुले विदाइ गर्नुभयो।
कार्यक्रमका अवसरमा संस्थापक जगतनारायण ग्वाछा र संस्थापक डा. कोमल फुयाँलले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई सम्मान गर्नुभएको थियो। सम्मानित पुरस्कारहरूमा Academic Excellence Award, Active Kid Award, Tidy Kid Award, Disciplined Kid Award, Punctual Kid Award, Proper Uniform Award, Best Regularity Award तथा Best Voice Award रहेका थिए।
प्रिन्सिपल निर्मला श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमिनिका न्याइच्याईले धन्यवाद ज्ञापन गर्नुभयो। साथै, इसीडी कन्सल्टान्ट प्रतिमा लामा, अभिभावक प्रतिनिधि संगिना श्रेष्ठ तथा एपेन भक्तपुरका अध्यक्ष किरण गोसाईले समेत शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा नानीहरूद्वारा विविध सांस्कृतिक प्रस्तुतीहरू प्रस्तुत गरिएका थिए। नर्सरी बालिकाहरूले “School Jau Sathi ho Padhna Lekhna lai” गीतमा नृत्य प्रस्तुत गरेका थिए भने कक्षा १ का विद्यार्थीहरूले “Shiva Tandav” प्रस्तुत गरेका थिए। प्लेग्रुप तथा डेकेयरका बालबालिकाहरूले एक्शन गीत प्रस्तुत गरेका थिए भने नर्सरी बालकहरूले “Kalo Topi Bhadgaule” मा नृत्य प्रस्तुत गरेका थिए।
त्यसैगरी, युकेजीका विद्यार्थीहरूले “Profession Walk”, एलकेजीका नानीहरूले “Hajurba le bhane the aula bhachi” गीतमा नृत्य, “Mobile Monster” नाटक, फ्रेया द्वारा एकल नृत्य, एलकेजीको गीत प्रस्तुति तथा युकेजी र कक्षा १ का विद्यार्थीहरूको संयुक्त प्रस्तुति “We Shall Overcome” र “Hera Saathi Aakashma” आकर्षणका केन्द्र बने।
संगीततर्फ “Resham Firiri” तथा शिक्षकहरूद्वारा प्रस्तुत “Himal, Pahad, Tarai” र राष्ट्रिय गीतले कार्यक्रमलाई थप रोचक बनाएको थियो।
उक्त समारोहले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको आयोजकले जनाएको छ।
