शुक्रबार, बैशाख १८, २०८३

17.1 C
Bhaktapur
शुक्रबार, बैशाख १८, २०८३
17.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रमालपोत–नापीमा अनुगमन : “जनतालाई हैरानी दिए कारबाही !´

मालपोत–नापीमा अनुगमन : “जनतालाई हैरानी दिए कारबाही !´

भक्तपुर । भक्तपुर मालपोत कार्यालय र नापी कार्यालयमा भक्तपुरका दुई सांसदले अनुगमन गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रुकेश रन्जित र राजिब खत्रीले भक्तपुरस्थित मालपोत र नापी कार्यालयमा आकस्मिक अनुगमन गरेका हुन् । अनुगमनका क्रममा ती दुई कार्यालयकाेलसेवाप्रवाहको दयनीय अवस्थाप्रति असन्तुष्टि जनाएका छन्।

मंगलबार गरिएको अनुगमनका क्रममा सेवाग्राहीहरूले घण्टौँ लाइन बस्नुपर्ने, सामान्य कामका लागि पनि अनावश्यक झन्झट र ढिलासुस्ती भोग्नुपरेको गुनासो गरेका थिए। प्रत्यक्ष गुनासो सुनेपछि सांसदद्वयले कर्मचारीमाथि कडा रुपमा प्रस्तुत हुँदै “जनतालाई दुःख दिने प्रवृत्ति तत्काल अन्त्य गर्न” ठाडो निर्देशन दिएका हुन्।

उनीहरूले सुचेतावनी दिँदै भने, “अब पुरानो शैलीमा काम चल्दैन। सरकारले लिएको सेवा सुधारको स्पिरिटअनुसार छिटो, छरितो र पारदर्शी सेवा दिनैपर्छ, नत्र कारबाही अनिवार्य हुन्छ।”

सांसद खत्री र रन्जितले नयाँ सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गर्दै कर्मचारीलाई जिम्मेवार बन्न र जनचाहनाअनुसार सेवा सुधार गर्न सचेत गराए। उनीहरूले कार्यालय प्रमुखलाई सेवा प्रक्रियामा देखिएका समस्या तत्काल समाधान गर्न निर्देशन दिँदै सेवाग्राहीमैत्री वातावरण बनाउन जोड दिएका छन्।

अनुगमनपछि कार्यालयको कार्यशैली सुधार नभए थप कडा कदम चालिने संकेत दिँदै सांसदद्वयले “जनताको धैर्यको परीक्षा नलिन” चेतावनीसमेत दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको