सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषउम्मेदवार थापाको यस्तो आयो अपिल

उम्मेदवार थापाको यस्तो आयो अपिल

भक्तपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार विक्रम थापाले फाल्गुन २१ लाई युवाहरूको अध्ययन, चेतना र विवेकको परीक्षा भएको बताउँदै सम्पूर्ण युवामा अपिल गरेका छन् ।

थापाले सार्वजनिक अपिल जारी गर्दै युवालाई मतदानलाई सामान्य प्रक्रियाका रूपमा मात्र नलिन आग्रह गरे ।। उनले युवासामु दुई प्रश्न राख्दै यथास्थितिवादी हुने कि परिवर्तनकारी बन्ने भन्ने निर्णयको समय आएको उल्लेख गरे ।

“यदि परिवर्तनकारी बन्ने हो भने भीड–मानसिकताको पछि लाग्ने कि आफ्नै विवेक प्रयोग गर्दै मातृभूमिको संरक्षण, एकता र विकासको बाटो रोज्ने भन्ने विषयमा गम्भीर आत्ममूल्याङ्कन आवश्यक छ,” थापाको अपिलमा उल्लेख छ।

थापाले युवालाई छातीमा हात राखेर, आँखा चिम्लिएर यी प्रश्नहरूको उत्तर खोज्न आग्रह गर्दै उक्त निर्णयले व्यक्तिगत भविष्य मात्र होइन, देशको भविष्यसमेत निर्धारण गर्ने बताए ।

प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा भक्तपुर क्षेत्रमा उम्मेदवारहरूद्वारा युवालाई लक्षित अपिल, भेटघाट तथा विचार प्रस्तुत गर्ने गतिविधि तीव्र बन्दै गएको छ। विशेषगरी युवाको मत निर्णायक हुने आकलनका बीच विभिन्न दल तथा उम्मेदवारहरूले विवेकपूर्ण मतदानमा जोड दिँदै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको