सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentसमाचारआरोपप्रत्यारोपको राजनीतिप्रति भक्तपुरका उम्मेदवारकाे चिन्ता

आरोपप्रत्यारोपको राजनीतिप्रति भक्तपुरका उम्मेदवारकाे चिन्ता


भक्तपुर। नेपाली राजनीतिमा दशकौँदेखि आरोपप्रत्यारोप नै प्रमुख राजनीतिक अस्त्र बन्दै आएको टिप्पणी गरिएको छ। एउटै शैली, एउटै बुझाइ र एउटै भाष्य दोहोरिँदै आएको भन्दै राजनीतिक बहस अब सिद्धान्तभन्दा गाली र गद्दारीको आरोपमा सीमित भएको आलोचना गरिएको छ।

साे आलोचना नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) का उम्मेदवार दामोदर काफ्लेले गरेका हुन् । भक्तपुर क्षेत्र नं. १ का उम्मेदवारसमेत रहेका काफ्लेले सामाजिक सञ्जालमा उक्त अभिव्यक्ति दिएका उनले उम्मेदवारहरूले सिद्धान्तको राजनीति गर्नुपर्ने बताए ।

उनले लेखेका छन् :
राजनीतिक वृत्तमा प्रचलित कथनअनुसार आफ्नै पार्टीबाहेक अन्य सबै दललाई ‘विदेशी दलाल’ र ‘देश बेच्न राजनीतिमा आएका’ ठहर गर्ने प्रवृत्तिलाई नै राष्ट्रवादको आधार बनाइँदै आएको छ। हिजो माओवादीका लागि कांग्रेस र एमाले गद्दार थिए भने एमालेका लागि गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल ‘प्रचण्ड’ गद्दार थिए। मोहन वैद्य पक्षका लागि सिङ्गो माओवादी नै गद्दार बन्यो। यसरी एक समय सिङ्गो जनसङ्ख्यालाई नै गद्दारको सूचीमा राख्ने राजनीति आज फेरि नयाँ ‘गद्दार’ खोज्ने चरणमा पुगेको विश्लेषण गरिएको छ।
रोचक तथ्य के छ भने यही गद्दारीको आरोप र त्यसको व्याख्यालाई नै नेपाली राजनीतिको ‘सिद्धान्त’ जस्तो बनाइएको टिप्पणी गरिएको छ। भ्रष्टाचार, अक्षमता वा नीतिगत असफलताबारे गम्भीर बहस गर्नुको सट्टा दुईचार शक्तिराष्ट्रलाई गाली गर्न सक्नु, षड्यन्त्रका कथा बुन्न सक्नु नै राजनीतिक दक्षता ठानिने अवस्था सिर्जना भएको जनाइएको छ।
सामान्य नागरिकको आक्रोश, निराशा र विवेकलाई पढ्न नचाहने, आफ्नै कमजोरीमाथि आत्मालोचना गर्न नमान्ने प्रवृत्तिले राजनीति जनताबाट झन् टाढिँदै गएको आरोप छ। आफ्नै नागरिकलाई ‘परिचालित’, ‘गोटी’ वा ‘बिकाऊ’ भनेर अपमान गर्ने संस्कारले लोकतान्त्रिक मूल्यमा गम्भीर चोट पुर्‍याएको टिप्पणी गरिएको छ।
विश्लेषकहरूका अनुसार गद्दारीजस्तो गम्भीर विषयलाई चियागफको विषय बनाउँदै आफूलाई मसीहाका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति दीर्घकालीन रूपमा टिक्न नसक्ने देखिन्छ। “सधैँ यति धेरै अपमान बेचेर राजनीति चल्दैन,” भन्ने आवाज बलियो हुँदै गएको छ।
यही सन्दर्भमा मुलुक अस्थिरता र सम्भावित दुर्घटनातर्फ उन्मुख भइरहेको चेतावनी दिँदै खुला छलफलको आह्वान गरिएको छ। विचारको बाटोबाट सत्य र असत्यबीचको दूरी छुट्याउँदै राजनीतिक चेतनामा परिवर्तन ल्याउनुपर्नेमा उनले जाेड दिएका छन् ।

आगामी फागुन २१ गते हुने मतदानमा भक्तपुर क्षेत्र नम्बर १ का मतदातालाई नेपाल कम्युनिस्ट पार्टी (संयुक्त) लाई वैकल्पिक राजनीतिको केन्द्र बनाउन समेत अनुरोध गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको