भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीमा बालमैत्री मन्टेश्वरी/प्रिस्कुल अङ्कुर शिक्षालय सञ्चालनमा आएको छ।
बदलिँदो शैक्षिक आवश्यकता र स्थानीय अभिभावकको चाहनालाई ध्यानमा राख्दै सुरु गरिएको शिक्षालयले साना बालबालिकालाई स्नेह, प्रेम र सद्भावको वातावरणमा खेल्दै–रमाउँदै सिकाउने उद्देश्य लिएको जनाएको छ।
स्थानीय स्तरमै गुणस्तरीय प्रारम्भिक शिक्षण संस्थाको अभावका कारण ताथलीका अभिभावकहरू आफ्ना ३० महिनादेखिका कलिला दूधे बालबालिकालाई भक्तपुर बजार तथा टाढाका क्षेत्रमा लैजान बाध्य हुँदै आएको अवस्थालाई केही हदसम्म अन्त्य गर्ने लक्ष्यसहित अङ्कुर शिक्षालय स्थापना गरिएको हो। विद्यालयले आफ्नै वडाभित्र सुरक्षित, सहज र बालमैत्री वातावरणमा संस्कारयुक्त शिक्षा प्रदान गर्ने दृढ संकल्प लिएको बताइएको छ।
अङ्कुर शिक्षालयको सुरूवातसँगै आयोजित परिचयात्मक तथा अभिभावक अभिमुखीकरण कार्यक्रममा विद्यालयको शैक्षिक दर्शन, मन्टेश्वरी आधारित सिकाइ पद्धति, दैनिक गतिविधि, बालसुरक्षा नीति तथा शिक्षक–अभिभावक सहकार्यको महत्त्वबारे अभिभावकहरूलाई जानकारी गराइएको थियो। विद्यालय प्रशासनका अनुसार खेल, गीत, चित्र र गतिविधिमा आधारित सिकाइ प्रणालीमार्फत बालबालिकाको शारीरिक, मानसिक, सामाजिक र भावनात्मक विकासलाई सन्तुलित रूपमा अघि बढाइनेछ।
कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी बालविकास विज्ञ सानु अमात्यले प्रारम्भिक बाल्यावस्थामा विद्यालय छनोट गर्दा दूरीलाई विशेष ध्यान दिनुपर्ने बताइन्। सानो उमेरका बालबालिकाका लागि लामो यात्रा थकान, डर र मानसिक दबाबको कारण बन्न सक्छ,”´उनले भनिन्,त्यसैले सम्भव भएसम्म नजिकैको स्कुल रोज्नु नै बालबालिकाको हितमा हुन्छ।´
विज्ञ अमात्यका अनुसार घर नजिकैको प्रिस्कुलमा पढ्दा बालबालिकाले सुरक्षित र आत्मीय वातावरण महसुस गर्छन्, जसले उनीहरूको आत्मविश्वास, सामाजिक व्यवहार र सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्छ। `नजिकैको विद्यालयमा पढ्दा बालबालिका नियमित हुन्छन्, बिरामी कम पर्छन् र विद्यालयप्रति डर होइन, अपनत्व विकास हुन्छ,´ उनले स्पष्ट पारिन्।
उनले अभिभावकका लागि पनि नजिकैको विद्यालय व्यवहारिक रूपमा लाभदायक हुने उल्लेख गर्दै समय र खर्च बचत हुनुका साथै विद्यालय गतिविधिमा प्रत्यक्ष सहभागिता जनाउन सहज हुने बताइन्। यसले शिक्षक, विद्यालय र अभिभावकबीचको सम्बन्ध बलियो बनाउने उनको भनाइ थियो।
कार्यक्रममा सहभागी अभिभावकहरूले विद्यालयको भौतिक संरचना, सिकाइ वातावरण र शिक्षक टोलीप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका थिए। आफ्नै वडामा बालमैत्री प्रिस्कुल सञ्चालनमा आएकाले अब साना बालबालिकालाई टाढा लैजानुपर्ने बाध्यता कम हुने उनीहरूको अपेक्षा छ।
अङ्कुर शिक्षालय व्यवस्थापन पक्षले आगामी दिनमा नियमित अभिभावक अभिमुखीकरण, परामर्श कार्यक्रम तथा बालबालिकाको प्रगतिसम्बन्धी छलफललाई निरन्तरता दिँदै गुणस्तरीय प्रारम्भिक शिक्षा प्रवर्द्धन गर्ने जनाएको छ।
स्थानीय समुदायसँग सहकार्य गर्दै संस्कारयुक्त र बालकेन्द्रित शिक्षाको आधार निर्माण गर्ने लक्ष्यसहित अङ्कुर शिक्षालय अघि बढिरहेको विद्यालयले जनाएको छ।

PlusAce is my new favorite spot! Great bonuses and a really cool interface. Been on a hot streak lately, so I’m definitely sticking around. Head to plusace now.
QueenPH is pretty sweet. The graphics are top-notch and the gameplay is smooth. Been recommending it to all my buddies. Give it a shot! Find it here queenph.
UUJLLogin – quick and easy to log in, plus a huge variety of games to choose from. No complaints here! Check it out uujllogin.