सोमवार, माघ २६, २०८२

11.1 C
Bhaktapur
सोमवार, माघ २६, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentशिक्षाअभिभावकको रोजाइ, बालबालिकाको गन्तव्य : ‘वी किड्स स्कुल’

अभिभावकको रोजाइ, बालबालिकाको गन्तव्य : ‘वी किड्स स्कुल’

भक्तपुर । अभिभावकको विश्वास र बालबालिकाको सर्वाङ्गीण विकासलाई केन्द्रमा राख्दै भक्तपुरको सूर्यविनायक नगरपालिका– पाण्डुबजार हाइटमा अवस्थित ‘वी किड्स स्कुल’ उत्कृष्ट शैक्षिक गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ।

‘Explore, Learn, Grow’ अवधारणालाई आत्मसाथ गर्दै वी किड्स स्कुलले बालबालिकालाई कक्षाकोठाभित्र सीमित नराखी प्रत्यक्ष सहभागितामार्फत सिकाइलाई अगाडि बढाउने अभ्यास गरिरहेको छ। विद्यालयले बालबालिकाको बौद्धिक तथा शारीरिक विकाससँगै चारित्रिक र व्यवहारिक विकास पनि उत्तिकै आवश्यक ठान्दै शिक्षण–सिकाइ प्रक्रिया अघि बढाइरहेको छ।

विद्यालयले HCD + 3C of Learning (Human Centered Design + Cognitive, Constructive, Characteristics) अवधारणालाई व्यवहारमा उतारेको छ। यस अवधारणाअनुसार बालबालिकाले उमेर सुहाउँदो सीप र सिकाइ हासिल गर्दै स्वस्थ जीवनशैलीमा हुर्किनु र बढ्नु आवश्यक छ भन्ने मूल मान्यतालाई विद्यालयले प्राथमिकतामा राखेको छ।

वी किड्स स्कुलकी प्रिन्सिपल मन्जु दुवाल का अनुसार विद्यालयको मुख्य लक्ष्य सर्वाङ्गीण बालविकास हो। “बालबालिकालाई केवल पाठ्यपुस्तकमा सीमित नगरि उनीहरूको सोच, सिर्जनशीलता, व्यवहार र आत्मविश्वास विकासमा जोड दिएका छौँ,” उनले भनिन् ।

बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र भविष्यको करियरलाई ध्यानमा राखी सुरक्षित, स्वच्छ र मैत्रीपूर्ण वातावरण तयार गरिएको विद्यालयले जनाएको छ। यही कारण वी किड्स स्कुल अभिभावकको रोजाइमा पर्न सफल भएको विद्यालयको दाबी छ।

गुणस्तरीय शिक्षा र व्यवहारिक सिकाइको माध्यमबाट बालबालिकालाई सक्षम, आत्मनिर्भर र जिम्मेवार नागरिकका रूपमा विकास गर्ने लक्ष्यसहित वी किड्स स्कुलले आफ्नो शैक्षिक यात्रालाई निरन्तरता दिइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको