आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentसमाचारभक्तपुरमा २ लाख ५ हजारभन्दा बढी मतदाता ( कुन मतदान केन्द्रमा कति?)

भक्तपुरमा २ लाख ५ हजारभन्दा बढी मतदाता ( कुन मतदान केन्द्रमा कति?)

भक्तपुर । जिल्ला निर्वाचन कार्यालय, भक्तपुरले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ। आयोगले २०८२ पुष १२ गते प्रकाशित गरेको नामावलीअनुसार भक्तपुर जिल्लामा कुल २ लाख ५ हजार ४१० जना मतदाता रहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार तीमध्ये १ लाख ५ हजार २६५ महिला, १ लाख १४० पुरुष तथा ५ जना अन्य मतदाता रहेका छन्। जिल्लाभर ७६ मतदान स्थल अन्तर्गत २३३ मतदान केन्द्र तोकिएका छन्।

निर्वाचन क्षेत्र नं. १
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत चाँगुनारायण र भक्तपुर नगरपालिकाका विभिन्न वडाहरू पर्दछन्। यस निर्वाचन क्षेत्रमा कुल १ लाख ७ हजार ५४ जना मतदाता रहेका छन्।

त्यसमध्ये ५२ हजार ६६ पुरुष, ५४ हजार ९८८ महिला तथा अन्य ० मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। यस क्षेत्रमा ३७ मतदान स्थल र ११९ मतदान केन्द्र रहेका छन्।

निर्वाचन क्षेत्र नं. २
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत मध्यपुर थिमी र सूर्यविनायक नगरपालिका पर्दछन्। यस निर्वाचन क्षेत्रमा कुल ९८ हजार ३५६ जना मतदाता रहेका छन्।

त्यसमध्ये ४८ हजार ७४ पुरुष, ५० हजार २७७ महिला तथा ५ जना अन्य मतदाता रहेको विवरणमा उल्लेख छ। यस क्षेत्रमा ३९ मतदान स्थल र ११४ मतदान केन्द्र तोकिएका छन्।

यस्तो छ पूरा विवरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको