आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentखेलकुदभक्तपुरमा २५ मंसिरदेखि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता

भक्तपुरमा २५ मंसिरदेखि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता

भक्तपुर । आगामी मंसीर २५ गतेदेखि* सुरु हुने भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको तयारीका विषयमा मंगलबार भक्तपुर नगरपालिकाको सभाकक्षमा छलफल सम्पन्न भएको छ।

भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीको प्रमुख उपस्थितिसहित सम्पन्न छलफलमा वडा नं. १ का वडाध्यक्ष तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, खेलकुद समितिका पदाधिकारी, विभिन्न खेल संघका प्रतिनिधि, प्रशिक्षक र रेफ्रीहरूको सहभागिता रहेको थियो।

नगरपालिकाले हरेक वर्ष नियमित रूपमा आयोजना गर्दै आएको विद्यालयस्तरीय खेलकुद प्रतियोगिता यस वर्ष पनि पूर्ववत् रूपमा सञ्चालन गरिने जनाएको छ। प्रतियोगिता मंसीर २५ गतेबाट सुरु भई विभिन्न विद्यालयका विद्यार्थीबीच प्रतिस्पर्धा हुनेछ।

यस वर्षको प्रतियोगितामा टेबल टेनिस, भलिबल, फुटबल, कबड्डी, खो–खो, एथलेटिक्स, बुद्धिचाल, ब्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो, पोर्टबल, कसिमला पाँय्, जिम्नास्टिक र बाघचाल गरी कुल १५ वटा खेल समावेश गरिनेछ।

भक्तपुर नगरपालिकाले खेलकुदलाई विद्यार्थीको सर्वाङ्गीण विकास र एकता सुदृढीकरणको माध्यमका रूपमा लिँदै यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिँदै आएको छ।

  • मिलाइएको

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको