शुक्रबार, मंसिर १९, २०८२

15.1 C
Bhaktapur
शुक्रबार, मंसिर १९, २०८२
15.1 C
Bhaktapur
HomeUncategorizedनेक्सस् कबड्डी कप २०८२ मा पारागन र भीमेश्वर प्रथम

नेक्सस् कबड्डी कप २०८२ मा पारागन र भीमेश्वर प्रथम

काठमाडौं । “नेक्सस कबड्डी कप २०८२” मा छात्रातर्फ पारागन एकेडेमी विजेता बनेको छ । नेक्सस इन्टरनेशनल एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा छात्रातर्फ भक्तपुरको पारागन एकेडेमीको टीमले प्रथम स्थान हासिल गरेको हाे । स्पर्धा छात्र र छात्रा गरि दुई समूहमा विभाजित गरि गरिएको थियाे ।

छात्रातर्फ नेक्सस एकेडेमीले प्रथम उपविजेता उपाधि हात पार्यो भने चामुण्डा र भिमेश्वर विद्यालयले संयुक्त रूपमा दोस्रो उपविजेताको स्थान ओगटेमाे थियाे । यस्तै छात्रतर्फ भिमेश्वर एकेडेमीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्यो । त्यसैगरी, पारागन एकेडेमी प्रथम उपविजेता बन्न सफल भयो भने बालसुधार र गणेश हिमाल विद्यालय संयुक्त रूपमा दोस्रो उपविजेता बने ।

प्रतियोगितामा छात्रतर्फ बेस्ट रैडर आभास लागेजु, महिलातर्फ बेस्ट डिफेन्डर प्रकृति राई भएकी थिइन् । समापन समारोहमा आयोजक संस्थाले विजेता, उपविजेता र सहभागी टोलीलाई प्रमाणपत्र, ट्रफी र पदक प्रदान गर्यो । साथै, खेलकुदमार्फत विद्यार्थीको सर्वाङ्गीण विकास र टीमवर्कको महत्वबारे समेत जोड दिइयो ।

नेक्सस इन्टरनेशनल एकेडेमीका एचओडी प्रमुख कमल कटवालका अनुसार “नेक्सस कबड्डी कप” लाई प्रत्येक वर्ष निरन्तरता दिइनेछ र अझ बढी विद्यालयलाई सहभागितामा ल्याइने लक्ष्य रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको