भक्तपुर । प्रहरीले भक्तपुरको सुडाल क्षेत्रमा ठूलो मात्रामा रासायनिक मल बरामद गरेको छ। भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालबाट ४६ बोरा रासायनिक मल बरामद गरेको छ ।
बरामद रासायनिक मलसँग सम्बन्धित सहकारीका अध्यक्षसहित तीनजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालयकम प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेले बताए । उनले भने,`आज सुडालकाे एक घरमा लुकाएर राखेकाे ४६ बाेरा मल बरामद गरिएको छ । बरामद मल नगरपालिकालाई जिम्मा दिएको छ ।´
उनले पक्राउ परेकाहरुको नाम र थप विवरण प्रहरीकाे अनुसन्धानपछि सार्वजनिक गर्ने जनाए । पक्राउ परेकामा घरमा मल लुकाएर राख्ने, मल घरसम्म पुर्याउन सहयोग गर्ने एक र सहकारीका अध्यक्ष रहेका छन् । यद्यपि उनीहरूको नाम भने अनुसन्धानकाे कारण भन्दै सार्वजनिक गरिएको छैन ।
प्रहरीका अनुसार, बरामद गरिएको मल अवैध रूपमा बिक्री वा तस्करीका लागि राखिएको आशंका गरिएको छ। घटनास्थलमा गरिएको अनुसन्धानमा मलको भण्डारणको तरिका र स्रोतबारे थप जानकारी जुटाउन प्रहरीले अनुसन्धान सुरु गरेको छ।
