आइतवार, माघ ४, २०८२

18.1 C
Bhaktapur
आइतवार, माघ ४, २०८२
18.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरभक्तपुरमा हुँदै १२ वर्षको एकपटक जात्रा : तयारी पूरा

भक्तपुरमा हुँदै १२ वर्षको एकपटक जात्रा : तयारी पूरा

भक्तपुर । भक्तपुरमा पनि १२ वर्षको एकपटक जात्रा हुन्छ र? यो प्रश्न माथिको शीर्षक पढेर स्वभाविक रुपमा आउँछ । १२ वर्षको अवसरमा हुने जात्रा अन्य ठाउँको मात्र याद भइरहेका जोकोहीलाई पनि भक्तपुरमा पनि १२ वर्षको एकपटक जात्रा हुन्छ भन्ने विषय अचम्म हुन सक्छ ।

हो, भक्तपुरमा पनि १२ वर्षको एकपटक जात्रा हुने गरेको छ । त्यो पनि सापारुको भोलिपल्ट । जुन जात्रा हो, चण्डेश्वरी अजिमाको जात्रा । सो जात्रा इतिहासकालदेखि नै सञ्चालनमा रहेको छ । तर त्यो जात्राको महत्व, विशेषताबारे प्रचारप्रसार नहुँदा जात्रा ओझेलमा परेको छ ।

इतिहासविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले भक्तपुर नगरको मध्य भागमा अवस्थित चण्डेश्वरीको उक्त जात्रा लिच्छविकालीन समयको रहेको अध्ययनले फेला परेको बताए । उनले भक्तपुर नगरका संस्थापक शासकका रुपमा रहेका आनन्ददेवकै समयमा चण्डेश्वरी अजिमा र जात्राको अस्तित्व देखिएको अध्ययनबाट प्रमाणित भएकाले चण्डेश्वरी अजिमाको १२ वर्षको अन्तरालमा हुने जात्रा पनि आनन्दवकालीन भएको जानकारी दिए ।

स्थानीय एवम् अधिवक्ता विजयराम माकले उक्त जात्रा विगतदेखिकै निरन्तरता र परम्परा भएको बताए । उनले भने, ‘२०४२ साल जात्रा गरेको थियो । २०५२ साल गरको थियो भने त्यस पछि २०६२ साल र २०७२ सालमा गरेको थियो । २०४२ सालभन्दा अगाडि १२ बर्षे जात्रा ३० वर्षसम्म संञ्चालन हुन सकेको थिएन जुन के र किन भने कुरा अनुसन्धानको विषय नै रहेको छ भने कहिले कहिले भयो भन्ने बारे पनि पूर्ण जानकारी प्राप्त भएको छैन ।

उनले २०४२ सालमा मन्दिरको द्योछें पुनर्निर्माण गरेपछि र जिल्लामा धानबालीमा धान नपाक्ने समस्या आएपछि १२ वर्षे जात्रा पुनः सुरु भएको इतिहास रहेको उनको भनाइ छ । २०५२ सालमा पनि राज्यमा बाढी पहिरो आएकोले उक्त विपद् अन्त्यका लागि समेत जात्रा मनाएको भन्ने जानकारी आफूले प्राप्त गरेको उनको भनाइ छ । २०६२ सालमा पनि चण्डेश्वरी अजिमा मुख्य देवता नै चोरी भएको थियो भने चोरी भएपछि नयाँ देवता बनाई १२ वर्षको जात्रा गरेको थियो । त्यस्तै २०७२ साल बैशाख १२ गतेको महाभूकम्प पछि त्यही सालको प्रत्येक बर्ष मनाउने चण्डेश्वरीको जात्रामा पनि अवरोध परेकोले त्यसै वर्ष १२ वर्ष जात्रा गरिएको थियो । यी र यस्तै विभिन्न कारणले १० वर्षको अन्तरालमा नै जात्रा संञ्चालन गरिदै आएका कारण यो वर्ष साउन २६ गते (सोमबार) जात्रा गर्ने तयारी सकिएको उनको भनाइ छ ।

चण्डेश्वरी अजिमाले भक्तपुरको मात्र नभई नेपाल देशमा नै केही अनिष्ट भयो भने त्यस बेलामा पनि अजिमालाई भक्तपुर नगर परिक्रमा गराउने गरेको अध्ययनले खुलेको छ ।
शक्तिकी प्रतीकको रुपमा रहेको चण्डेश्वरी अजिमाको जात्रा सम्पन्न गर्न यो वर्ष जात्रा व्यवस्थापन समिति गठन गरिएको छ । सो समितिका अध्यक्ष सानुलाल त्वानाबासुले जात्राको सबै तयारी सकिएको जानकारी दिए । उनले सोमबार १० बजे चण्डेश्वरी दाफाको बलि पूजाबाट जात्राको औपचारिकता सुरू हुने उल्ल्ेख गर्दै त्यस पश्चात चण्डेश्वरी अजिमाको १२ वर्षे मुर्तिलाई श्रृंगार गरिने र आवश्यक प्रक्रिया पूरा गरी भक्तपुर नगर परिक्रमा गराइने जनाए ।

उक्त जात्रा सम्बन्धमा भएको पत्रकार सम्मेलनमा विभिन्न व्यक्तिहरुले चण्डेश्वरी अजिमाको धार्मिक महत्व, ऐतिहासिक सन्दर्भबारे चर्चा गरेका थिए ।

फरक छ : १२ वर्षे जात्रा
हुन त चण्डेश्वरी अजिमाको जात्रा हरेक वर्ष चासु पुन्हीको दिनमा गर्ने गरिएको छ । हरेक वर्ष धातुबाट निर्मित चासुः अजिमाको जात्रा यही अनुरूप मनाइन्छ भने प्रत्येक १२ वर्षमा सापरू (गाईजात्रा) को भोलिपल्ट चाँपको काठबाट बनेको चासुः अजिमालाई अर्कै सानो खटमा राखिन्छ । विधिपूर्वक देवी विराजमान गराइएको सोही खटलाई भक्तपुर नगर परिक्रमा गराउने गरिन्छ । चाँपको काठबाट बनेको अस्त भुजा भएका चण्डासुरको बध गर्न लागेकी मयूरवाहन भई अन्य भुजामा बिभिन्न हातहतियारबाट सु–सोभित चण्डेश्वरी अजिमाको मुर्तिलाई धुमधामका साथ जात्रा गर्ने चलन रहेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको