शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentसमाचारझौखेलका खानेपानी उद्योगमा अनुगमन : कानुनी प्रक्रिया अनुसार कारबाहीको चेतावनी

झौखेलका खानेपानी उद्योगमा अनुगमन : कानुनी प्रक्रिया अनुसार कारबाहीको चेतावनी


भक्तपुर । भक्तपुरको झौखेलमा सञ्चालनमा रहेका पानी उद्योगहरुको अनुगमन गरिएको छ। सोमबार चाँगुनारायण नगरपालिकाले सो क्षेत्रका खानेपानी उद्योगहरुको अनुगमन गरेको हो ।

चाँगुनारायण नगरपालिका वडा नं. ३ झौखेलमा रहेका खानेपानी कम्पनीहरुले उत्पादन गरी बिक्री वितरण गरिरहेको पानीको गुणस्तरबारे गुनासो आइरहेको बेलामा नगरपालिकाको टोलीले अनगमन गरेको हो ।

टोलील झौखेलस्थित एसएन टप वेभरेज प्रालि, भक्तपुर नेचुरल ड्रिङ्किङ वाटर प्रालि, एक्वाराज, ओके मिनरल वाटर प्रालि, झौखेल उच्च वेभरेज प्रालिलगायतका पानी उद्योगमा स्थतलगत अनुगमन गरेको थियो । स्थलगत अनुगमनको क्रममा पुगेका टोलीले खानेपानीको गुणस्तरमा कैफियतका साथै पानीको शुद्धतामा पानी कम्पनीले ध्यान नदिएको पाइएको जनाएको छ ।

अनुगमन टोलीमा संयोजक सन्तोषी नेपाली, सदस्यहरू श्याम सुन्दर धिमाल, निला कुमारी घिमिरे, प्रमुख प्रशासकीय अधिकृत मोहन कुमार श्रेष्ठ, वास संयोजक सुरेन्द्र लामिछाने, नगर प्रहरी र उद्योग वाणिज्य संघका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो। अनुगमन टोलीले उद्योगहरूको उत्पादन प्रक्रिया, सरसफाइ अवस्था र दर्ता सम्बन्धी अवस्थाको स्थलगत निरीक्षण गरेको हो।

उक्त क्षेत्रमा सञ्चालन रहेका खानेपानी कम्पनीहरुमा विगत लामो समयदेखि अनुगमन हुन सकेको थिएन । अनुगमनका क्रममा पानी जारहरूको गुणस्तरमा सुधार आवश्यक देखिएको, कतिपय उद्योगले नगरपालिकामा दर्ता नगरेको, र उत्पादन स्थल वरपरको स्वच्छता असन्तोषजनक अवस्थामा रहेको पाइएको थियो ।

टोलीले पानी जारहरूको गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिँदै ७ दिनभित्र अनिवार्य रूपमा नगरपालिका दर्तामा आउन निर्देशन दिएको छ । यसैगरी उत्पादन स्थल तथा परिसरको स्वच्छता कायम राख्न, कम्पनीको दर्ता तथा नवीकरण अनिवार्य गर्न, पानीको गुणस्तर परीक्षणका लागि ल्याबको व्यवस्था गन निर्देशन दिएको छ ।

नगरपालिकाको उक्त टोलीले आगामी दिनहरूमा निर्देशनको कार्यान्वयन अवस्था पुनः अनुगमन गर्ने जनाउँदै नगरपालिकाको निर्देशन पालना नगर्ने उद्योगहरूलाई कानुनी प्रक्रिया अनुसार कारबाही गरिने चेतावनी समेत दिएको छ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको