भक्तपुर । भक्तपुरको साइनिङ स्कूलमा बेल्ट टेस्ट( ग्रेडिङ) सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ५ छालिङकाे पकुनेपाटीकाे साइनिङ राेडस्थित साे स्कूलमा सञ्चालित करातेका प्रशिक्षार्थीहरूकाे ग्रेडिङ भएको हाे ।
असार २१ गते चा.न.पा. वडा नम्बर ४ वडाध्यक्ष रोजबहादुर तामाङको प्रमुख आतिथ्य, नेपाल क्याकुसिन करातेका प्रमुख अशोक श्रेष्ठ, गणेश मा वि गुडीका प्राचार्य इन्द्र फाेँजू लगायत कराँते डाेजोका गुरुहरूको उपस्थिति रहेको थियो।
स्कूलका विद्यार्थीहरुको बेल्ट टेस्ट कार्यक्रम विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष रोज बहादुर तामाङलेे नगरपालिकाका वडावासीहरूलाई विभिन्न खेलहरूमा आवद्ध गराइ रहेकाे जनाए ।
जीवनमा अनुशासित भई अगाडि बढ्नको लागि खेलकुदले मद्दत पुर्याउने बताउँदै उनले खेल क्षेत्रकाे विकासका लागि आफ्नो ठाउँबाट सक्ने सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा करातेका नेपाल ब्रान्च प्रमुख अशोक कुमार श्रेष्ठले बालबालिकाहरुकाे शारीरिक र मानसिक तन्दुरुस्तीका लागि खेल आवश्यकक रहेको बताए भने गणेश माविका प्राचार्य इन्द्र फाेँजुले विद्यार्थीरूको सर्वाङ्गीण विकासको लागि खेलकुदले पुर्याएकाे फाइदाबारे चर्चा गरे ।
कार्यक्रममा साइनिङ,इङ्गलिश सेकेण्डरी स्कूलका करातें प्रशिक्षक राजकुमार तामाङले खेलकुदले व्यक्तिको तन, मन र दिमाग स्वच्छ र सन्तुलित रहने हुनाले खेलकुदलाई दैनिक जीवनसँग जाेड्न अनुरोध गरे । उनले खेलकुद प्रशिक्षक तथा अतिथिहरूलाई धन्यवादका साथ मायाकाे चिनाे प्रदान गरे ।
