शनिबार, कार्तिक २२, २०८२

21.1 C
Bhaktapur
शनिबार, कार्तिक २२, २०८२
21.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रताथलीमा असार ७ गते वृहत साईकलिङ हुने

ताथलीमा असार ७ गते वृहत साईकलिङ हुने

  • वृहत् साईकलिङ र हाईकिङ
  • सम्पदाहरुको उजार गरी स्थानीय पर्यटनलाई टेवा पुर्याउन पहिलो पटक साईकलिङ
  • ताथलीको ब्रम्हायणी पीठ परिसरबाट सुरु
  • ताथलीको जनजीवनलाई समेत नजिकबाट नियाल्न सकिने
  • विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको विशेष उपस्थिति
  • ‘ताथलीलाई चिनौ : ताथलीलाई चिनाऔं’

भक्तपुर । भक्तपुरको ताथलीमा शनिबार (७ असार) वृहत् साईकलिङ र हाईकिङ हुने भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको श्री दक्षिणकाली युवा समूहले सो कार्यक्रम गर्ने भएको हो ।

ताथलीमा अवस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरूको प्रचारप्रसारका लागि समूहले नगरकोट भ्रमण वर्ष २०८२ को अवसरमा उक्त कार्यक्रम गर्ने जनाएको छ । उक्त कार्यक्रमबारे जानकारी दिन भक्तपुरको कमलविनायकस्थित रोम्बस सेकेण्डरी स्कुलमा आयोजित पत्रकार सम्मेलनमा समूहका अध्यक्ष सुरेशराज गिरीले दक्षिणकाली युवा समूहको परिचयका साथ साईकलिङ र हाईकिङ गर्नुको उद्देशेयबारे प्रष्ट पारे ।

उनले भने, ‘ओझेलमा रहेको ताथलीलाई चिनाउन र यहाँ लुकेका ऐतिहासिक र सांस्कृतिक महत्वका सम्पदाहरुको उजागर गरी स्थानीय पर्यटनलाई टेवा पुर्याउन पहिलो पटक साईकलिङ र हाईकिङ गर्न लागेका हौं ।’

उनले सो कार्यक्रमको सम्पूर्ण तयारी सकिएको बताए । ताथलीको ब्रम्हायणी पीठ परिसरबाट सुरु हुने उक्त साईकलिङमा २ सय बढी साइकल यात्रीहरुको सहभागिता रहने आयोजक समूहले जनाएको छ । साईकलिङमा सहभागी भएकाहरुलाई ताथलीको हर्षपुरमा एक कार्यक्रमको आयोजना गरी मायाको चिनो र प्रमाणपत्र प्रदान गरिनेछ । ताथलीका साथै सुडालको केही भाग समेत परिक्रमा गर्ने गरी साईकलिङको रुट निर्धारण गरिएको कार्यक्रम संयोजक दिपक खड्काले बताए ।

समूहले कूल २४. ५ किलोमिटरको यात्रा गर्ने गरी रुट बनाएको छ । सो रुटमा ताथलीका महत्वपूर्ण सम्पदाहरुको समेत प्रत्यक्ष अवलोकन गर्न सकिने छ । साथै ताथलीको जनजीवनलाई समेत नजिकबाट नियाल्न सकिने आयोजकको भनाइ छ ।

कार्यक्रममा विशेष आर्कषणको रुपमा विश्व साईकल यात्री तथा सगरमाथा आरोही पुष्कर शाहको विशेष उपस्थिति र कार्यक्रमको उद्घाटन चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले गर्ने कार्यक्रम तय भएको कार्यक्रम व्यवस्थापक नवीन बस्नेतले बताए ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाको पर्यटन शाखाका गोविन्द कट्टेलले नगरकोट भ्रमण वर्ष २०८२ कै सिलसिलामा ताथलीमा हुने साईकलिङका लागि नगरपालिकाबाट आर्थिक सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।

साईकलिङ ब्रम्हायणी मन्दिरबाट सुरु हुने छ । त्यसपछि इथाचा–चुनदेवी मन्दिर—डाडाँपाटी–धाराकुलो– फैढोका–कडेलापाखा –दक्षिणकाली मन्दिर गिरी, बस्नेत, खड्का, छुकां टोल–देवी मा. वि. सौडोल–गचा– माथिल्लो खड्का, बुढाथोकी टोल –गोठाले चौर (बस्नेत स्टोर) – ताथली पुल–नालाछाप– चिलाउने घारी–अमलडोल (नाला गुम्बा– पुजारीपाटी– चट्टान अभिलेख–हर्षपुर–खावा भ्यू टावर– ताथली गढीमा (हाइकिङ) –कलमसी–ठूली ब्रम्हायणी मन्दिर–सुडाल–बनमाला, राउत, खत्री, खड्का टोल–विन्दबासिनी मन्दिर– वाइसिएल मार्ग – दर्जी टोल–साखकमी टोल– जेइसि कलेज हुँदै फैढोकामा पुगेर साइकल ¥याली समपन हुने रुट निर्धारण गरिएको छ ।

पत्रकार सम्मेलनमा विभिन्न सञ्चार माध्यमका सञ्चारकर्मीहरुले साईकलिङबारे जिज्ञासा राखेका थिए । साईकलिङमा सहभागी हुन २०८२ असार ४ गते बुधबारभित्र नाम दर्ता गर्ने गरी समय निर्धारण गरे पनि शुक्रबारसम्म पनि नाम दर्ता खुलाएको छ ।

पत्रकार सम्मेलनमा सञ्चारकर्मी हरिसुन्दर छुकांले ताथलीको पर्यटन प्रवद्र्धनका लागि युवाहरुको प्रयास सराहनीय रहेको चर्चा गरे । उनले ‘ताथलीलाई चिनौ : ताथलीलाई चिनाऔं’ भन्ने अभियान अन्तर्गतको साईकलिङले ताथलीमा आन्तरिक र बाह्य पर्यटक भित्र्याउन सहयोग पुग्ने समेत बताए ।

फर्मको शुल्क १ सय मात्र तोकिएको र साइकलिङ गर्दा हुने दुर्घटना वा स्वास्थ्य सेवाको लागि नेपाल रेडक्रस सोसाइटी ताथली उपशाखा, भक्तपुरसँग समन्वय गरिएको आयोजकले जनाएको छ ।

चाँगुनारायण नगरपालिका वडा नं . ९ को रूपमा रहेको साविक ताथली गाविसमा ब्रम्हायणी मन्दिर, चुनदेवी (चोलिन्द्यो), डाँडापाटी गणेश, वनदेवी मन्दिर, खगाङ टोलस्थित भैरव मन्दिर, महाकाली मन्दिर, रिद्दिसिद्दि मन्दिर, बासुकी थान, तैकाबु गणेश मन्दिर, फैढोका गणेश, भीमेश्वर मन्दिर, दक्षिणबाली, कार्यविनायक, वनमाला टोलस्थित गणेश मन्दिर, हनुमान पाञ्चायन, हैमादेवी, ढुङ्गेनको पशुपति, माझी भैरव, पुजारी पाटी, ऐतिहासिक चट्टान अभिलेख(१६ वटा), आदिनाथ, ताथली गढी, कल्पेश्वर महादेव, बाला टोल गणेश, बिडोल पाटीलगायतका महत्वपूर्ण ऐतिहासिक स्थानहरू छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको