भक्तपुर । नगरकाेट भ्रमण वर्ष २०८२ काे अवसरमा ताथलीमा साइकल र्याली हुने भएको छ । साे साईकलिङ असार ७ गते हुने भएकाे हाे ।
ताथलीकाे श्री दक्षिणकाली युवा समूहकाे आयाेजनामा हुने साईकलिङमा विश्व साइकल यात्री तथा सगरमाथा आरोही पुस्कर शाहकाे प्रमुख आतिथ्य रहने कार्यक्रम संयाेजक दिपक खड्काले बताए ।
समूहका अध्यक्ष सुरेशराज गिरीले चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीस्थित ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदाकाे प्रचारप्रसारमा सहयोग पुर्याई पर्यटन प्रवर्द्धनका लागि साईकलिङ गर्न लागिएको बताए ।
साईकलिङमा सहभागी हुन २०८२ असार ४ गते बुधबारभित्र नाम दर्ता गर्न आयाेजकले जनाएको छ । साईकलिङ चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाकाे सिमानास्थित ब्रह्मायणी मन्दिरबाट सुरू हुनेछ ।साईकलिङले ताथलीका विभिन्न स्थानकाे भ्रमण गर्नेछ ।

ma pani sahabhagi hunxu