भक्तपुर । नगरकाेट भ्रमण वर्ष २०८२ सुरू भएकाे छ । भ्रमण वर्षको उद्घाटन १ बैशाखमा नगरकाेटमा भइसकेको छ । भ्रमण वर्षको उद्घाटनको अवसरमा तीन दिन लगातार कार्यक्रम तय भएकाे छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका, काठमाडौंकाे शंखरापुर नगरपालिका र काभ्रेको बनेपा र मण्डन देउपुरकाे संयुक्त आयाेजनामा सुरू भ्रमण वर्ष लक्षित बिदा अन्तरगत ३ गते स्थानीय बिदा घाेषणा गरिएको छ । काभ्रेको मण्डन देउपुर नगरपालिकाले साे घाेषणा गरेकाे हाे ।
यसअघि चाँगुनारायण नगरपालिकाले २ गते सार्वजनिक बिदा घाेषणा गरेकाे थियाे । मण्डन देउपुर नगरपालिकाले प्रकाशित गरेेकाे सूचना यस्तो छ ।
