कार्यक्रममा नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालले खेलकुद स्वास्थ्य, अनुशासन, मित्रता र देशको सार्वभौमिकता रक्षाको निम्ति भएको बताउँदै खेलकुदको माध्यमबाट जोडिएको मित्रतालाई सँधै मजबुत बनाइराख्नुपर्ने बताउनुभयो ।
नागरिकहरु अनुशासित भए मात्र देश समृद्ध हुने बताउँदै उहाँले नागरिकहरुमा कर्तव्यबोध भएपछि मात्र देश बन्न र समाज व्यवस्थित रुपमा अगाडि बढ्न सघाउ पुग्ने बताउनुभयो ।
खेलाडीहरुले आफ्नो खेल जीवनसँगसँगै विद्यालय र विश्वविद्यालयको शिक्षालाई पनि अगाडि बढाउन सके व्यक्तित्व विकासमा धेरै महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उहाँले देशको रक्षाको लागि खेलकुदको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।
सांसद सुवालले छिमेकी देश भारतले नेपालका भूभागहरु अतिक्रमण गरिरहेको सन्दर्भ जोड्दै देशको सीमाना रक्षा गर्ने नयाँ पुस्ता तयार गर्ने महत्वपूर्ण थलो पनि खेलकुद हो भन्नुभयो ।
जनताको माग सम्बोधन हुने राजनीतिक व्यवस्था समाजवादी गणतन्त्र भएको बताउँदै उहाँले साम्राज्यवादी देश अमेरिकाले इजरायललाई हतियार बेचेर प्यालेस्टिनी जनतामाथि बर्बर हमला तथा बमबारी गरिरहेको बताउनुभयो ।
भनपाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक युवालाई कुनै न कुनै खेलकुदमा सहभागी गराउने र खेललाई जीवन पद्धतिको रुपमा विकास गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताको आयोजनालाई निरन्तरता दिँदै आएको बताउनुभयो । दुईवटा महानगर, एकवटा उपमहानगर समेत गरी १८ वटा नगरपालिकाको सहभागितामा भव्य रुपमा सम्पन्न अन्तर नगर प्रतियोगिताले खेलकुद जगतको इतिहासमा एउटा इँटा थप्ने काम भएको प्रमुख प्रजापतिले बताउनुभयो ।
भक्तपुर नगरपालिकाले सरकारको भर नपरी आफ्नै बलबुत्तामा भक्तपुरको विकास गर्ने प्रयास गर्दै आएको बताउँदै उहाँले देशको सीमाना रक्षा गर्ने र सार्वभौमिकता रक्षा गर्ने नयाँ पुस्ता तयार गर्ने उद्देश्यले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।
वाग्मती प्रदेश सभाका सदस्य सृजना सैंजुले जिम्नास्टिक प्रतियोगितामा महिला सहभागिताले उत्साह थपेको बताउँदै भक्तपुर नगरपालिकाले गर्दै आएको खेल गतिविधिले देशको खेलकुद क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले राज्यको उदासिनताविरुद्धको सटिक पाइला भक्तपुर नपाले चाल्दै आएको बताउँदै समाजवादी गणतन्त्र नै कामदार वर्गको प्रजातन्त्र हो भन्नुभयो । कार्यक्रममा भक्तपुर जिल्ला जिम्नास्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले प्रतियोगिता भव्य रुपमा सफल भएकोमा सरोकारवाला सबैमा हार्दिक आभार व्यक्त गर्दै जिम्नास्टिक प्रतियोगिता आयोजनाले खेलाडीहरुमा उत्साह थपेको बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुवालले विजयी खेलाडीहरुलाई प्रमाणपत्र, शिल्ड र नगद पुरस्कार वितरण गर्नुभएको थियो विशेष अतिथि तथा अतिथिहरुले सहभागी नगरपालिकाहरुलाई मायाको चिनो वितरण र विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रममा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले स्वागत मन्तव्य, प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले धन्यवादज्ञापन मन्तव्य दिनुभएको थियो भने वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
भक्तपुर नगरपालिकाद्वारा आयोजित जिम्नास्टिक प्रतियोगितामा काठमाडांै र ललितपुर महानगरसहित देशका विभिन्न १८ वटा नगरपालिकाहरु भाग लिएका थिए । उक्त प्रतियोगिता नेपालकै पहिलो प्रतियोगिताको रुपमा भक्तपुर न.पा.ले आयोजना गरेको थियो भने प्रतियोगितामा प्रथम हुने टिमलाई रु. ५० हजार, दोस्रोलाई रु. ३० हजार र तेस्रोलाई रु. २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको थियो भने सहभागी खेलाडी र अफिसियलहरुलाई खाने र बस्नेको व्यवस्था पनि गरेको थियो ।
प्रतियोगिताको नतिजा