भक्तपुर । भक्तपुरमा भएकाे शान्ति सद्भाव कार्यक्रममा राजसंस्था पुन: स्थापना हुने निश्कर्ष निकालिएको छ । भक्तपुरको दत्तात्रयमा सम्पन्न कार्यक्रमका वक्ताहरूले राजसंस्था पुन: स्थापित हुने ठाेकुवा गरेका हुन् ।
सभामा वरिष्ठ संस्कृतिविद् डा. जगमान गुरूङले राजसंस्था स्थापित हुने दावी गर्दै भक्तपुरका जनताले राजा खाेजिरहेकाे बताए । उनले भक्तपुरको ऐतिहासिक, सांस्कृतिक र सांस्कृतिक महत्त्वबारे चर्चा गर्दै देश, संस्कृति जाेगाउनका लागि राजसंस्था जरुरत भएको बताए । भने, भक्तपुरमा राजा खाेई? जुजु वई! काे अवस्था सिर्जना हुने निश्चित छ ।