शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुनारायणमा ५१ जना धिमय् प्रशिक्षार्थी दीक्षित

चाँगुनारायणमा ५१ जना धिमय् प्रशिक्षार्थी दीक्षित

भक्तपुर । चाँगुनारायणका ५१ जना व्यक्तिहरू धिमय् बाजा प्रशिक्षणबाट प्रशिक्षित भएका छन् । जात्रा पर्वका लागि आवश्यक धिमय् बाजाकाे संस्कृतिलाई बचाउन दिइएको प्रशिक्षणबाट चाँगुनारायण क्षेत्रका ५१ जना प्रशिक्षित भएका हुन् ।

उनीहरूलाई चाँगुनारायण विकास समितिमार्फत प्रशिक्षण दिइएको समितिका अध्यक्ष एवम् चाँगुनारायण मन्दिरका मुख्य पुजारी चक्रधरानणद राजाेपाध्यायले जानकारी दिए ।

आठ महिनाकाे अभ्यासपछि धिमय् बजाउन पाेख्त भएका उनीहरूलाई शनिबार एक कार्यक्रम आयाेजना गरी दीक्षित गरिएको छ । उनीहरूलाई चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकीले प्रमाणपत्र प्रदान गर्दै संस्कृति जगेर्नाका लागि गरेकाे प्रयासकाे प्रशंसा गरे । उनले चाँगुनारायणकाेे कला, संस्कृति, सम्पदा, इतिहास संरक्षण र प्रवर्द्धनका लागि आफू तयार रहेकाे बताए ।

कार्यक्रममा विकास समितिका अध्यक्ष राजाेपाध्यायले बाजा प्रशिक्षणले चाँगुनारायण क्षेत्रमा सञ्चालन हुुने जात्रा- पर्वलाई थप उजागर गर्न सहयोग पुग्ने बताए । प्रशिक्षित धिमय् वादकहरूले धिमय् बजाउँदै चाँगुका विभिन्न टाेलहरूकाे परिक्रमा गरेका थिए ।

थप समाचार चाँगुपत्रमा पढ्न सक्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको