भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीकाे काठमाडौं क्यान्सर अस्पतालकाे गेटमा नगर उपप्रमुख रमेश बुढाथोकीले ताला लगाएका छन् ।
उनले फैढाेकामा रहेकाे अस्पतालकाे गेटमा ताला लगाएका हुन् । मंगलबार साँझ साे अस्पतालकाे पछाडिबाट लगिरहेकाे माटाे ओसारपसारकाे स्थलगत अनुगमनपछि अस्पतालकाे गेटमै तालाबन्दी गरिदिएकाे जानकारी दिए ।
उनले भने, ` अस्पतालकाे गेट प्रयाेग गरि अवैध तरिकाले माटाे ओसारपसार गरिरहेकाे देखियाे । ६/ ७ महिनाअघि आउँदा र अहिले अस्पताल पछाडिकाे पूरै ढिस्काे लगिएको रहेछ, तस्करहरूले चाैरै बनाएर माटाे लगेका रहेछन् ।´
उनले भने, `यसमा अस्पतालकाे पनि संलग्नता देखिएको हुनाले अस्पतालकाे गेटमा ताल्चा लगाएका हाैं ।´ उनले फैढाेकाकाे उक्त ठाउँबाट लगेको माटाेकाे विषयमा सराेकारवालालाई कानुनी कारबाही गरिने समेत बताए ।
यससम्बन्धी पूरा भिडियो भक्तपुर टाइम्सकाे युट्युबमा हेर्न सक्नु हुनेछ ।