क्वालिटी ईंग्लिश सेकेण्डरी स्कुल, इतिहास बोकेको विद्यालय हो । चाँगुनारायण नगरपालिका वडा नं. ६ नगरकोटफेदी अवस्थित यस विद्यालयले लामो समयदेखि राज्यको शैक्षिक उन्नयनमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो विद्यालय भक्तपुरको उत्कृष्ट शैक्षिक केन्द्र हो । गुणस्तरीय शिक्षा दिन, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विद्यालय समर्पित छ ।
विद्यालयको लक्ष्य/उद्देश्य
१. अनुशासित विद्यार्थीको सृजनामा पहल
२. राष्ट्रवान तथा नैतिकवान दक्ष जनशक्तिको सृजनामा पहल
३. जागिर खाने नभई जागिर खुवाउने जनशक्तिको सृजनामा पहल
विद्यालयका विशेषता :
१. प्रि–प्राइमरी तहमा मन्टेश्वरी प्रणालीमार्फत् सिकाई हुने ।
२. तालिम प्राप्त तथा दक्ष शिक्षकहरु
३. पारिवारिक वातावरण
४.हप्ताको एक दिन BOOK FREE कक्षा
५. अतिरिक्त क्रियाकलापहरु (music, Dance, Art, Handwriting, Takewando) कक्षाहरु
६. क्वालिटी जुनियर रेडक्रस, क्वालिटी बाल क्लब, क्वालिटी युथ नेटवर्क, इको क्लब आदिमार्फत् सामाजिकीकरण
७. इप्सन भक्तपुर मार्फत् कक्षा १ देखि नै संयुक्त परीक्षा
८.अवलोकन भ्रमण तथा शैक्षिक भ्रमण
९.शिक्षक तालिम तथा गोष्ठीहरु
१०. विद्यार्थी र अभिभावकहरुलाई उत्प्रेरणामूलक शैक्षिक परामर्श
विद्यालयको भावी योजना
१. मावि तहको कक्षा ११ र १२ सञ्चालन
२. पूर्व प्राविमा पूर्ण रुपमा BOOK FREE कक्षाहरु
३. वार्षिक रुपमा अभिभावक शिक्षा कार्यक्रम
हाम्रा उपलब्धिहरु
१. SLC/SEE मा उत्कृष्ट नतिजा
२. BLE मा उत्कृष्ट नतिजा
३. पूर्व विद्यार्थीहरु देश तथा विदेशका विभिन्न क्षेत्रहरुमा उत्कृष्ट स्थानमा पुग्न सफल
अविच्छिन्न रुपमा आफ्नो नाम अनुरुपको सिकाई प्रदान गर्दै अगाडि बढिरहेको यस विद्यालय अभिभावक तथा विद्यार्थीहरुको मनमा बस्न सफल भएको छ ।