शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentखेलकुदभक्तपुरमा चैत्र २३ गतेदेखि अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने

भक्तपुरमा चैत्र २३ गतेदेखि अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने

भक्तपुर । भक्तपुरमा अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको छ । भक्तपुर नगरपालिकाको आयोजनामा यही चैत्र २३ गतेदेखि २६ गतेसम्म अन्तरनगर जिम्नाष्टिक प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिता आयोजनाबारेको बैठकमा नगर प्रमुख सुनिल प्रजापतिले अन्तर नगर जिम्नाष्टिक खेलकुद प्रतियोगिता सभ्य र भव्य रुपमा सम्पन्न गर्न खेलकुद समिति, खेलाडी, निर्णायकलगायत सबैको भूमिका महत्वपूर्ण रहेको बताउँदै सबैको सामूहिक निर्णयमा जिम्नाष्टिक प्रतियोगिता गर्न लागेको जानकारी दिए ।

नेपाल जिम्नाष्टिक संघका अध्यक्ष एवम् सांसद ध्रुबबहादुर प्रधानले भक्तपुर नपाले खेलकुद क्षेत्रमा गरिरहेको गतिविधिहरुबाट अन्य स्थानीय तहहरुलाई पनि प्रेरणा मिलेको बताउँदै जिम्नाष्टिक खेल सबै खेलहरुको प्रारम्भिक खेलको रुपमा रहेको र यो खेल सिकेपछि अन्य खेल खेल्न पनि सहज हुने जानकारी दिए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले खेलकुद मानव जीवनको अभिन्न अंग भएकोले विद्यालय तहदेखि खेलकुदमा विद्यार्थीहरुलाई सहभागी गराउन सके विद्यार्थीको व्यक्तित्व विकासमा टेवा पुग्ने बताइन् । भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर जिम्नाष्टिक प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्न १५१ सदस्यीय मूल समारोह समिति गठन भई १३ वटा उपसमितिहरु गठन गरिएको जानकारी गराउँदै प्रतियोगिता भव्य रुपमा सम्पन्न गर्न सबैको साथ र सहयोग आवश्यक भएको बताए ।

बैठकमा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराई, प्रशिक्षक राजेश्वरमान स्थापित, भक्तपुर जिल्ला जिम्नाष्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापति, युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीलगायतले प्रतियोगिताको विविध पक्षमा जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको