शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसाहित्यधनमान श्रेष्ठको नयाँ कथा संग्रह बजारमा

धनमान श्रेष्ठको नयाँ कथा संग्रह बजारमा

भक्तपुर । कथाकार धनमान श्रेष्ठको नयाँ कथा संग्रह बजारमा आएको छ। स्वर प्रकाशन, स्वर द्धैमासिक पत्रिका काठमाडौंले प्रकाशन गरेको ‘धनमान श्रेष्ठका प्रतिनिधि कथा’ नामक नयाँ कथासंग्रह शनिबारबाट बजारमा आएको हो ।

सो पुस्तकको भक्तपुरमा विमोचन गरिएको छ । शनिबार विमोचित कथा संग्रह कथाकार श्रेष्ठको सातौ कृति हो । सिर्जना अभियान समाज भक्तपुरले संयोजन गरेको उक्त कार्यक्रममा सो पुस्तकको विमोचन साहित्यकार इन्दिरा प्रसाईं तथा डा. योगेन्द्र प्रधान, स्रष्टा ठाकुर भण्डारीलगायत संयुक्त रुपमा गरेका थिए ।

पुस्तक विमोचनमा साहित्यकार प्रसाई, सिर्जना अभियानका सचिव ध्रुब मधिकर्मी, स्रष्टा बिमला रानामगर, डा. योगेन्द्र प्रधान, ठाकुर भण्डारी, स्रष्टा अगिब बनेपाली, सुदिप हाडा, बाल साहित्यकार कार्तिकेय घिमिरे लगायतले कथाकार लेखक धनमान श्रेष्ठको कृतित्व र व्यक्तित्वबारे चर्चा गरेका थिए ।

८५ पृष्ठको सो पुस्तकमा १६ वटा कथा समावेश छन् । थप समाचार चाँगुपत्र साप्ताहिकमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको