भक्तपुर । २०८२ बैशाखबाट सुरू हुने नगरकाेट भ्रमण वर्ष २०८२ बारे छलफल कार्यक्रम आयाेजना गरिएको छ ।
चाँगुनारायण नगरपालिकाले भ्रमण वर्षकाे संघारमा पर्यटन व्यवसायी , सञ्चारकर्मीहरूकाे भूमिका विषयक छलफल कार्यक्रम आयाेजना गरिएको हाे ।
नगरकाेट- नाल्दुम पर्यटन विकास समितिकाे समन्वयमा भएकाे छलफलमा चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले भ्रमण वर्ष आयाेजना गर्नुकाे उद्देश्यबारे प्रष्ट पारे । उनले काठमाडौं, काभ्रे र भक्तपुरको संगमस्थलकाे रूपमा रहेकाे नगरकाेटसँगै सिंगाे नगरपालिकामा पर्यटन गतिविधि अघि बढाउन कार्यक्रम घाेषणा गरिएको बताए ।
नगरपालिकाकाे महत्वकांक्षी याेजनाकाे रूपमा रहेकाे भ्रमण वर्षले पर्यटन प्रवर्द्धनका लागि काेशेढुङ्गाकाे काम गर्ने जनाउँदै भ्रमण वर्ष सफल बनाउन अनुरोध गरे ।
छलफलमा देउपुर मन्डन नगरपालिकाका नगर प्रमुख ताेकबहादुर वाईबा, बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्य , शंकरापुर नगरपालिकाकि उपप्रमुख समिता श्रेष्ठ, पर्यटन व्यवसायी र सञ्चारकर्मीलगायतकाे सहभागिता रहेकाे छ ।