भक्तपुर । यस वर्षको माध्यमिक शिक्षा परीक्षा ( कक्षा १०) अर्थात् एसईईमा भक्तपुरका ६ हजार ६०५ विद्यार्थी सहभागी हुने भएका छन् ।
शिक्षा विकास तथा समन्वय एकाई भक्तपुरका अनुसार चैत ७ गतेदेखि सुरू हुने एसईई २०८१ मा भक्तपुरका ६ हजार बढी विद्यार्थी सहभागी हुने भएका हुन् ।
एकाई प्रमुख कमला ज्ञवालीले साेकाे सङ्ख्यामा रहेका परीक्षार्थीहरूका लागि २५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको जानकारी दिइन् ।
एकाईले परीक्षा केन्द्रीत तयारी थालेको छ । साे सम्बन्धि विस्तृत खबर चाँगुपत्र साप्ताहिकमा पढ्न सक्नुहुनेेछ ।