शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentशिक्षासेकरिड् हार्ट एकेडेमीको २२ औं अभिभावक दिवस सम्पन्न : भक्तपुरमा निजी विद्यालयको...

सेकरिड् हार्ट एकेडेमीको २२ औं अभिभावक दिवस सम्पन्न : भक्तपुरमा निजी विद्यालयको योगदान उल्लेखनीय

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित सेकरिड् हार्ट एकेडेमीको २२ औं अभिभावक दिवस बिहीबार सम्पन्न भएको छ ।

विद्यालयका उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरणका साथ सांस्कृतिक कार्यक्रम सहितको उक्त कार्यक्रमको उद्घाटन भक्तपुर नगरका उपप्रमुख रजनी जोशीले गरेकी थिइन् ।
सो अवसरमा उपप्रमुख जोशीले एसईई २०७९ र २०८० का विद्यार्थी तथा विद्यालयका शिक्षकहरुलाई सम्मान गरेकी थिइन् ।

विद्यालयका संस्थापक प्रिन्सिपल श्रीराम सुवालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले शैक्षिक गुणस्तर कायम गर्न तथा विद्यार्थीहरुको व्यक्तित्व र क्षमता विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गरिरहेको बताए ।

कार्यक्रमका अतिथि तथा वक्ताहरुले २१ औं शताब्दी सुहाउँदो शिक्षा प्रदान गर्नका लागि भक्तपुरका निजी विद्यालयहरुको योगदान उल्लेखनीय भएको चर्चा गर्दै स्कुलको सफलताको कामना गरेका थिए ।

उपप्रमुख जोशीले समाजवाद उन्मुख संविधान अनुसार भक्तपुर नगरलाई अगाडि बढाएको बताउँदै शिशुस्याहारदेखि विश्वविद्यालयसम्मको योजना बनाएको जनाउँदै भक्तपुरमा सञ्चालित विद्यालयहरुले शैक्षिक उन्नयनका लागि अतुलनीय भूमिका निर्वाह गरिहेको जनाइन् ।

कार्यक्रममा वडाध्यक्ष उपेन्द्र सुवाल, अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापतिले बालबालिकाहरुमा अन्तरनिहित प्रतिभाहरुलाई उजागर गर्ने वातावरणका लागि सेकरिड हार्टले योगदान पुर्याएको चर्चा गरेका थिए ।

सोही कार्यक्रममा बालविकास विज्ञ सानु अमात्य, डा. विनोद डंगाल, विकास देव लामा, एन प्याब्सन भक्तपुरका अध्यक्ष संजय खड्का, शिक्षिका अनिशा तामाङ, विद्यार्थी सुप्रिना लामा, मानिका तामाङ लगायत विद्यालयको भूमिकाबारे धारणा राखेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको