‘जहिलेसम्म सकिन्छ त्यही बेलासम्म निःस्वार्थ भावनाले देश र जनताप्रति समर्पित भएर देश र जनताको सेवा गर्छु ।’
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका नवनिर्वाचित अध्यक्ष नारायणमान बिजुक्छें(रोहित) ले देशमा समाजवाद स्थापना गर्नु नै पार्टी र जीवनको लक्ष्य भएको बताएका छन् ।
पार्टीको आठौं महाधिवेशनले पार्टी अध्यक्षमा सर्वसम्मत चुनिएका अध्यक्ष बिजुक्छेँले उक्त कुरा बताएका हुन् । महाधिवेशनको बन्द सत्रपछि सञ्चारकर्मीहरुसँगको साक्षात्कारमा अध्यक्ष बिजुक्छेंले योग्यता अनुसारको काम र काम अनुसारको ज्याला पाउने व्यवस्थाका लागि समाजवाद जरुरी रहेको बताउँदै त्यसका लागि पार्टी स्थापना भएको र आफ्नो र पार्टीको लक्ष्य पनि सोही भएको बताए ।
उनले आफू २०१४ सालदेखि राजनीतमा लागेको र राजनीतिक उतारचढाव र हण्डरले नडमगिएको स्मरण गर्दै भने, ‘जहिलेसम्म सकिन्छ त्यही बेलासम्म निःस्वार्थ भावनाले देश र जनताप्रति समर्पित भएर देश र जनताको सेवा गर्छु ।’
आठौं महाधिवेशनले पार्टी अध्यक्षको जिम्मेवारी नलिने आंकलन बाहिर भरहँदा पुनः सर्वसम्मत रुपमा पार्टी अध्यक्ष भएका उनले पार्टीले दिएको जिम्मेवारी निर्वाहका लागि आफूलाई अध्यक्षको जिम्मेवारी दिएको उल्लेख गरे । भने, ‘साथीहरुले नयाँ नयाँ साथीहरुलाई अरु ठाउँमा जिम्मेवारी दिने र तपाई पार्टी सम्हाल्ने भनेर फेरिीपार्टी सम्हाल्ने जिम्मेवारी मलाई दिनुभयो ।’
उनले पहिला भन्दा अझै गम्भीर र थप जिम्मेवारी पूर्वक अगाडि बढाउने सपथ खाएको बताउँदै पहिला भन्दा अझ सक्रिय भएर देश र जनताको निस्वार्थ रुपले सेवा गर्ने प्रतिवद्धता जनाए । उनले देश बन्नका लागि पार्टीका नेताहरु नै गतिलो बन्नुपर्नेमा समेत जाड दिए । पार्टीका नेताहरु गलत भए देश बर्वाद हुने बताउँदै उनले आफ्नो देशका लागि काम गर्नुपर्ने र आफै इमानदार बन्नुपर्नेमा जोड दिए । उनले भने, ‘देशका लागि काम नगरी हुदैन, विदेशीलाई मात्रै दोष दिएर के गर्नु ?आफै खराब भएपछि ।’
उनको अध्यक्षतामा सर्वसम्मत चयन कार्यसमितिमा ३३ सदस्यीय केन्द्रीय रहेका छन् ।
पार्टी स्थापनाकालदेखि अध्यक्षको जिम्मेवारी निर्वाह गर्दै आएका ८५ वर्षीय बिजुक्छेँ नेतृत्वको पार्टीको केन्द्रीय सचिवमा प्रेम सुवाल र कोषाध्यक्ष मोहनप्रसाद प्रजापति निर्वाचित भएका छन् ।
महाधिवेशनले केन्द्रीय सदस्यहरुमा सुनिल प्रजापति, नन्दवहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नगराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सराजेराज गोसाई, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार बैद्य, सुरेन्द्रराज गोसाई, रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैयाँं सुवाल, हरिसुन्दर बासी, राजवीर डंगोल, सृजना सैंजू, सरोजकुमार शाह, कृष्णबहादुर तामाङ्ग, मुक्ति यादव, योगेन्द्रमान विजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्रप्रकाश कार्की, खड्गराज शाहीलाई सर्वसम्मत केन्द्रीय सदस्य चयन गरेको छ ।
केन्द्रीय समितिमा मञ्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरुङ्गलाई बैकल्पिक केन्द्रीय सदस्यहरु चयन गरेको छ । त्यस्तै महाधिवेशनले सात प्रदेशमा सात जना संयोजकहरुसहित प्रदेश कायैसमति समेत सर्वसम्मत चयन गरेको छ ।
महाधिवेशनले कोशी प्रदेशमा उकेश कवां, मधेश प्रदेशमा सुनिल प्रजापति, वागमति प्रदेशमा प्रेम सुवाल, गण्डकी प्रदेशमा डिल्लीप्रसाद काफ्ले, लुम्विनी प्रदेशमा हरिसुन्दर बासी, कर्णाली प्रदेशमा सरोजराज गोसाई र सुदुरपश्चिम प्रदेशमा नवराज कोइरालाको संयोजकत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । महाधिवेशनले १२ सदस्यीय सल्लाहकार समिति गठन गरेको छ ।
पार्टीको पहिलो महाधिवेशन २०४७ पौष २८ देखि २९ र ३० गते रुपन्देही जिल्लाको भैरहवामा सम्पन्न भएको थियो भने दोस्रो सम्मेलन २०५१ असोज ३, ४ भक्तपुरमा, तेस्रो सम्मेलन २०५५ माघ १२, १४ र १५ भक्तपुरमा, चौथो महाधिवेशन २०६० भदौ ११, १२ र १३ भक्तपुरमा, पाँचौँ महाधिवेशन २०६५ भदौ ६,७ र ८ काठमाडौँमा, छैटौँ महाधिवेशन २०७० चैत २१, २२, २३ र २४ काठमाडौँमा, सातौँ महाधिवेशन २०७६ असोज ३, ४ र ५ गते भक्तपुरमा सम्पन्न भएको थियो ।