शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारनगरकोट भ्रमण वर्ष : एम्बासेडर बन्दै कुम्हा सागर

नगरकोट भ्रमण वर्ष : एम्बासेडर बन्दै कुम्हा सागर

भक्तपुर । चाँगुनारायण नगरपालिकाले २०८२ सालबाट सुरु गर्ने नगरकोट भ्रमण वर्षका लागि गायक कुम्हा सागरलाई एम्बासेडर बनाउने तयारी गरेको छ । समग्र चाँगुनारायणको पर्यटन प्रवद्र्धनका लागि गर्न लागेको उक्त भ्रमण वर्ष सफल बनाउन तथा सोको प्रचारप्रसारमा सहयोग पुर्याउन नगरपालिकाले अहिलेका सबैभन्दा चर्चामा रहेका गायक कुम्हाः सागरलाई एम्बासेडर बनाउने तयारी गरेको हो ।

त्यसका लागि नगरपालिकाका नगर प्रमुख जीवन खत्री, नगर उपप्रमुख रमेश बुढाथोकी, वडा अध्यक्ष धनबहादुर लामा, श्याम श्रेष्ठ, जनक खत्री तथा सरोकारवालाहरुले गायक कुम्हाः सागर र उनको टीमसँग साक्षात्कार गरेका छन् ।

गायक कुम्हा सागर र उनको टोली आइतबार चाँगुनारायण नगरपालिकामा आएका थिए । नगरकोट भ्रमण वर्षकै सन्दर्भमा कुराकानीका लागि उनको टोली नगरपालिका आएका थिए । नगरपालिका आएका उनलाई नगरप्रमुख खत्री, उपप्रमुख बुढाथोकी, वडा अध्यक्ष लगायतले स्वागत गरेका थिए ।

स्वागत तथा साक्षात्कारका क्रममा गायक कुम्हाः सागरले आफ्नो व्यस्त सेड्युल रहेको जानकारी दिए । उनले नगरकोट भ्रमण वर्ष सफल बनाउन आफूले सक्दो सहयोग गर्ने र नगरकोटमा पर्यटन प्रर्वद्धनका लागि आफूले पहल गर्ने जनाए ।

उनले आफू अहिलेसम्म कुनै पनि संस्था र कार्यक्रमको ब्राण्ड एम्बेसेडर नबनेको उल्लेख गरे । नगर प्रमुख खत्रीले गायक कुम्हाः सागरलाई लामो समयदेखि भेट्न खोजेको तर समय व्यवस्थापन हुन नसकेको उल्लेख गर्दै भ्रमण वर्षको एम्बासेडर बनी सहयोग गर्न आग्रह गरे ।

यसैबीच कूम्हाः सागरले नगरकोट भ्रमण वर्षको अवधिभर दुई वटा प्रस्तुति दिने गरी कार्यतालिका बनाउन नगरपालिकासँग अनुरोध गरेका छन् । उनले आफू भक्तपुरको भएकाले भक्तपुरमै रहेको नगरकोटको प्रर्वद्धनका लागि लाग्ने समेत बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको