भक्तपुर । जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले रातीको समयमा पनि राडार गनमार्फत तीब्र गति मापन गरेको छ । तीब्र गतिमा सवारी साधन चलाउन नपाउने गरी अभियान सुरु गरेको कार्यालयले रातीको समयमा राडार गनको प्रयोगमार्फत् स्पिड जाँच गरेको हो ।
कार्यालयले तीब्र गतिमा सवारी चलाएका चालकलाई कारबाही प्रक्रिया सुरु गरेको छ । त्यसअन्तर्गत सोमबार राती ८ बजेदेख ९ बजेसम्म एकघण्टा गरेको चेकिङ्गमा ४९ वटा सवारी साधन तीब्र गतिका कारण कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ ।
कार्यालयका प्रमुख प्रदिप खत्रीले तीब्र गतिमा सवारी सधान चलाउने टिपरले रात्रीको समयमा पैदल यात्री, साईकल, मोटरसाईकल तथा स्कुटर र अन्य सवारी साधनलाई ठक्कर दिने, सडकका पोल र सडक किनाराका बारहरु भाचिने र अरुको घरभित्रसमेत छिर्ने गरि तिब्र गतिमा सवारी चलाउन थालेपछि टिपरका समेत रातीको समयमा गति मापन गर्न राडार गनको प्रयोग गरि कारबाही गर्न सुरु गरेको उनले बताए ।
राती पनि सडक सरक्षित गर्न दिउँसो मात्रै नभई रातीपनि सवारी साधनको गति मापनदेखि अन्य कारबाही अगाडि बढाएको उनले जनाए ।