शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentखेलकुदपाँचौ केन्दामा प्रतियोगितामा सेकरिड हार्ट प्रथम, डेमोस दोस्रो, एसएस सदन तेस्रो

पाँचौ केन्दामा प्रतियोगितामा सेकरिड हार्ट प्रथम, डेमोस दोस्रो, एसएस सदन तेस्रो

भक्तपुर । नेपाल केन्दामा नेटवर्कको आयोजनामा भक्तपुरमा केन्दामा खेल प्रतियोगिता भएको छ ।

जापानी खेलको रूपमा परिचित केन्दामा खेलको प्रतियोगिता अन्तर्गत पाँचौ संस्करण आइतबार सम्पन्न भएको हो । भक्तपुरको कमलविनायकस्थित पारागन एकेडेमीमा भएको प्रतियोगितामा सेकरिड हार्ट एकेडेमी प्रथम भएको हो ।

प्रतियोगितामा सूर्यविनायकको डेमोस ईंग्लिस स्कुल दोस्रो र ताथलीको एसएस सदन सेकेण्डरी स्कुल तेस्रो भएको छ । प्रतियोगितामा कूल १६ विद्यालयका १२८ जना विद्यार्थीले सहभागिता जनाएका थिए ।

प्रतियोगिताकै इन्डिभिजुअल स्किल च्यालेन्ज प्रतियोगितामा पनि सेकरिड हार्ट स्कुल नै प्रथम भएको छ । सो विधामा भएको स्पर्धामा हिमालयन ईंग्लिस स्कुल दोस्रो र पारागन एकेडेमी तेस्रो भएको छ ।

नेटवर्कका संयोजक एवं पारागन एकेडेमीका प्रिन्सिपल पुण्यराम कवांले केन्दामा खेलले पढाइमा विद्यार्थीको ध्यान एकत्रित गर्न सहयोग पुर्‍याउने जापानी अनुभवको आधारमा नेपालमा पनि खेल सिकाइरहेको र सो खेललाई प्रोत्साहित गर्न प्रतियोगिता गरिँदै आएको बताए । प्रतियोगितामा विजयी विद्यालय तथा विद्यार्थीलाई आइतबारै पुरस्कृत गरिएको छ । संयोजक कवांका अनुसार प्रतियोगितामा विभिन्न केन्दामाको विभिन्न विधामा उत्कृष्ट सीप प्रदर्शन गरेका ९९ जनालाई पुरस्कृत गरिएको थियो ।

जापानीज राजदूतावासका दुई जनाबाट प्रतियोतिाको अवलोकन समेत भएको कार्यक्रममा जापनी केइगोले खेलको महत्वबारे बताइन् । यस्तै सो कार्यक्रममा जापानी स्वयम्‌सेविकाहरुबाट स्वयम्‌सेवकको भूमिका निर्वाह भएको थियो ।

केन्दामा बल र हथौडा आकारको कप प्रयोग गरी खेलिने जापानी खेल हो । यो खेल आँखा र हातबीचको तालमेल मिलाउँदै खेलिन्छ । यस खेलको खेलविधिले शारीरिक सन्तुलन मिलाउन र मानसिक ध्यान एकीकृत गर्न सहयोग पुग्ने शिक्षक तथा विद्यार्थीहरुको अनुभव छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको