शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारज्येष्ठ नागरिकसँगै संस्कृतिविद् सायमी सम्मानित

ज्येष्ठ नागरिकसँगै संस्कृतिविद् सायमी सम्मानित

भक्तपुर । पञ्च मुदबुः भक्तपुरको तेस्रो वार्षिकोत्सब सम्पन्न भएको छ । सो कार्यक्रममा ८० वर्षदेखि ९७ वर्षसम्मका ज्येष्ठ नागरिकहरूका साथै इतिहास, कला, संस्कृति क्षेत्रमा विगत लामो समयदेखि क्रियाशील संस्कृतिकर्मी एवम् संस्कृतिविद् रत्न सायमीलाई सम्मान गरिएको छ ।

संस्थाका अध्यक्ष दुरुकाजी पञ्चको सभापतित्वमा संचालन भएको कार्यक्रममा सचिव कृष्णप्रसाद पञ्च र कोषाध्यक्ष रामगोपाल पञ्चले प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले मुदबुः स्थापनाको पृष्ठभूमि, उद्देश्य र लक्ष्यबारे उक्त कार्यक्रममा चर्चा गरेका थिए । यसैगरी सो सभाा मुदबुःका सदस्य सूर्यबहादुर पञ्चले प्रस्तुत गरेको विधान सर्वसम्मतले पारित गरिएको थियोे ।

कार्यक्रममा १०१ वर्षका हरिलाल पञ्चको उपस्थित रहेको थियो । सो कार्यक्रम भक्तपुरको बाराही स्थानमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको