भक्तपुर । भक्तपुरको सुडालस्थित आरक्षण नेशनल एकेडेमीका दुई विद्यार्थी छैटौं एसियान च्याम्पियनसिपका लागि छनोट भएका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ८ सुडालको उक्त विद्यालयका दुई विद्यार्थीहरु क्रमशः हिमान्सी दुलाल र विराज तामाङ उक्त च्याम्पियनशीपका लागि छनोट भएका हुन् ।
विद्यालयका अनुसार छनोटमा परेका ती विद्यार्थीहरुमध्ये हिमान्सी दुलाल कक्षा सातमा र विराज तामाङ कक्षा ४ मा अध्ययनरत छन् । उनीहरुले भारतको न्यु दिल्लीमा ९ देखि १२ फ्रेबुअरी २०२५ मा हुने छैटौं एसियन सभात च्याम्पियनशिपमा आफ्नो खेल प्रदर्शन गर्नेछन् ।