शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentशिक्षाआरक्षण स्कूलमा ‘द भ्वाइस अफ आरक्षण २०८१ सिजन २’ सम्पन्न

आरक्षण स्कूलमा ‘द भ्वाइस अफ आरक्षण २०८१ सिजन २’ सम्पन्न

भक्तपुर । भक्तपुरको सुडालस्थित आरक्षण नेशनल एकेडेमीमा ‘द भ्वाइस अफ आरक्षण २०८१ सिजन २’ सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कक्षा ९ की छात्रा सदीक्षा दर्नाल प्रथम, कक्षा ७ की छात्रा रोहिणी बस्नेत दोस्रो र कक्षा ६ की इसानी पुरी तेस्रो र ५ कक्षाकी छात्रा कृषा बोगटी चौथोे भएका थिए । त्यस्तै पब्लिक भोटको आधारमा कक्षा १० का छात्र दिवास खड्का पनि उत्कृष्ट गायक घोषणा भएका थिए ।

स्पर्धामा प्रथम, द्धितीय, तृतीय र उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एवम् चाँगुनारायण नगरपालिका वडा नंं ८का वडा अध्यक्ष जनक खत्री, प्रिन्सिपल अनोज बुढाथोकी, बोर्ड अफ डाइरेक्टर सर्मिला खड्कालगायतले पुरस्कार प्रदान गरेका थिए ।

संस्थापक सरोज केसीले विद्यार्थीमा अन्तरनिहीत प्रतिभालाई उजागर गर्ने मञ्चका रूपमा विद्यालयले उक्त कार्यक्रम आयोजना गर्दै आइरहेको बताए ।

प्रिन्सिपल अनोज बुढाथोकीले आरक्षण एकेडेमीले विद्यालयमा नियमित रूपमा संगीत र गायन प्रशिक्षण सञ्चालन गरिरहेको र सो प्रशिक्षणले विद्यार्थीको व्यक्तित्व र नेतृत्व क्षमतामा वृद्धि भएको बताए । कार्यक्रम संयोजक तथा संगीत प्रशिक्षक सुरज कपालीले विद्यार्थीमा रहेको अन्तरनिहित क्षमता पहिचान गर्न गीत, संगीतले भूमिका खेल्ने बताए । कार्यक्रममा विद्यालयकी नेपाली विषय शिक्षक गायत्री खत्रीलगायतले विद्यार्थी जीवनमा गायनको महत्वबारे चर्चा गरेकी थिइन् ।

उक्त कार्यक्रमलाई विद्यालयले गएको वर्षदेखि सुरु गरेको थियो । विद्यार्थीहरुमा रहेको गायन क्षमता र दक्षतालाई उजागर गर्नका लागि आवश्यक मञ्चको रुपमा विकास गर्न विद्यालयले सो प्रतियोगितालाई निरन्तरता दिएको जनाएको छ ।

यससम्बन्धी थप समाचार र विवरण चाँगुपत्र साप्ताहिकमा पढ्न सक्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको