शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentसमाचारचाँगुनारायण नगरपालिकाद्वारा बाल मैत्री स्थानीय शासनयुक्त नमुना वडा अवलोकन

चाँगुनारायण नगरपालिकाद्वारा बाल मैत्री स्थानीय शासनयुक्त नमुना वडा अवलोकन

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाले हेटौंडाको बाल मैत्री स्थानीय शासनयुक्त नमुना वडा अवलोकन गरेको छ ।

बुधबार चाँगुनारायण नगरपालिका वडा नम्बर ७ को टोलिले हेटौंडाको बाल मैत्री स्थानीय शासनयुक्त नमुना ८ नम्बर वडाको अवलोकन गरेको हो ।

निकट भविष्यमा बाल मैत्री घोषणाको क्रमामा रहेको चाँगुनारायण नगरपालि ७ नम्बर वडाको टोलिले बाल मैत्री हेटौंडा ८ मा भए गरेका कामका बारेमा जानकारी लिएका थिए । अबलोकनमा आएका चाँगुनारायण नगरपालिका-७ का कार्यपालिका सदस्य, वडा सदस्य सहितको टोलिले हेटौंडा-८, बाल मैत्री घोषणाका लागि अपनाएका उपाए र अबलम्बन गरेका कार्यका बारेमा जानकारी लिएका थिए ।

टोलिलाई हेटौंडा-८, वडा अध्यक्षसहितले बालमैत्री सम्बन्धि हाम्रो आफ्नो असल अभ्यास, अनुभव र दिगोपनाको चुनौती र यस्का प्रभावका बारेमा जानकारी दिए । सो क्रममा दुबै तर्फबाट आआफ्नो अनुभव साटासाट समेत गरिएको हेटौडा-८ का वडा अध्यक्ष राम थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको