शुक्रबार, जेष्ठ ३, २०८२

20.5 C
Bhaktapur
शुक्रबार, जेष्ठ ३, २०८२
20.5 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरनौलो अभ्यास गर्दै गोल्डेन सुनगाभा : विद्यार्थी नै प्रिन्सिपल, विद्यार्थी नै शिक्षक

नौलो अभ्यास गर्दै गोल्डेन सुनगाभा : विद्यार्थी नै प्रिन्सिपल, विद्यार्थी नै शिक्षक

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. २ स्थित दुवाकोट गोल्डेन सुनगाभा इङ्गलिस बोर्डिङ्ग स्कुुलले एकदिनका लागि विद्यार्थीलाई नै प्रिन्सिपल र शिक्षक बनाएको छ ।

शिक्षामा फरक अभ्यास गरि व्यवहारिक शिक्षा दिइरहेको उक्त स्कूलले ‘स्टुडेन्ट डे’ घोषणा गरि एक दिनका लागि विद्यार्थीलाई नै प्रिन्सिपल र शिक्षकको जिम्मेवारी दिएको हो ।
विद्यार्थीको मनमा ‘पढाउन सजिलो छ, गाह्रो छैन, शिक्षकले पढ् पढ् भने पुग्छ’ भन्ने बुझेका छन्, तर पढाउनु सजिलो छैन, भन्ने कुराको अनुभूत गराई शिक्षण अभ्यासका लागि विद्यालयले विद्यार्थीलाई प्रिन्सिपल तथा शिक्षकको जिम्मेवारी दिएको थियो ।

त्यही अभ्यास अन्तरगत शुक्रबार कक्षा १० की सुस्मिता शाही ठकुरी स्कूलको प्रिन्सिपल बनिन् । अरू दिन कक्षा १० मा पढेकी उनले शुक्रबार भने पूरै स्कूल सम्हालिन्, उक्त स्कूलका प्रिन्सिपल महेशचन्द्र गौतमले झैं ।

एकदिनका लागि नै सही प्रिन्सिपल भएकी उनको सक्रियता प्रिन्सिपल गौतमको भन्दा कम थिएन । कक्षाकोठामा शिक्षक पठाउने, शिक्षक समयमै आयो या आएन अनि कक्षामा कस्तो पढाइ भइरहेको छरु यी सबैलाई व्यवस्थापन गरिरहेकी थिइन्, ठकुरी ।

कुरा गर्ने फुर्सद निकाल्नका लागि समेत मुश्किल अनुभव गरेकी उनले भनिन्, ‘स्कुल सञ्चालन गर्न सजिलो रहिन्छ, प्रिन्सिपल हुन, शिक्षक हुन गाह्रो रहेछ’, उनले चाँगुपत्रसँग अनुभव साटिन् । भनिन् ‘म आज एक दिनको प्रिन्सिपल भएर सरले गर्ने नियमित काम गर्दैछु । विद्यार्थी र शिक्षकलाई जिम्मेवारी दिएपछि कक्षाकोठामा भिजिट गर्दैछु ।’

उक्त जिम्मेवारी निर्वाह गरिरहेकी उनले आफू एक दिनको प्रिन्सिपल भएपछि आफूले शिक्षकको दु: ख बुझेको बताइन् । साथै आफ्ना सहकर्मीहरूले पनि शिक्षकको दु: ख बुझेको बताइन् ।

भविष्यमा कानून पढ्ने लक्ष्य लिएकी उनले आएका समस्या समाधान गर्ने तरिकाका साथै व्यवहार सिकेको बताइन् । उनले त्यसरी भूमिका निर्वाह गरिरहँदा अरू विद्यार्थी भने फरकफरक भूमिकामा प्रस्तुत भएका थिए । कोही विद्यार्थी शिक्षक, कोही पालेदाई, कोही चमेना गृहको संचालक बनेर आफ्नो भूमिका निभाइरहेका थिए ।

कक्षामा आफूलाई पढाएका शिक्षकले जस्तै पढाउने अभ्यास गरिरहेका उनीहरूले विना तयारी कक्षामा जाँदा र तयारी गरि जाँदा भएको फरक समेत अनुभव गरेका थिए । दुवाकोटको गोल्डेन उक्त स्कुललको नौलो र फरक अभ्यासले विद्यार्थीले पनि नौलो र फरक अभ्यासको अनुभव लिए ।

उक्त कार्यक्रमलाई विद्यालयले विगत दुईवर्षदेखि निरन्तरता दिइरहेको छ । विद्यार्थीलाई शिक्षकको दु:ख थाहा दिन, मेहनत थाहा दिन र शिक्षण पेशाप्रति अभिरुचि बढाउन उक्त अभ्यासलाई जारी राखेको प्रिन्सिपल गौतमको भनाइ छ । ‘हामीले किताबी ज्ञान मात्र नभएर अन्य व्यवहारिक कुरा समेत सिकाएर नयाँ पुस्तालाई असल नागरिक बनाउन आवश्यक छ । त्यसैको एउटा प्रयास हामीले गरेका छौं’, प्रिन्सिपल गौतमले भने ।

विद्यालयका अध्यक्ष लिलानाथ निरौलाले विद्यार्थीमा अन्तरनिहीत क्षमतालाई प्रस्फुटन गर्ने विभिन्न तरिका अनुसार ‘स्टुडेन्ट डे’ मनाएर उक्त एक दिन पूर्ण रूपमा विद्यार्थी केन्द्रीत गरिएको बताए । उनले एक दिने कार्यक्रमबाट उनीहरुलाई भविष्यमा हुने पेसागत दायित्व र जीवन निर्वाहमुखी तथा जिम्मेवारी बहन गर्न सक्ने सिप र क्षमताको विकास होस् भन्ने रहेको बताए ।

किताबी ज्ञानमा आधारित शिक्षा प्रणालीमा केहि नयाँ र फरक उद्देश्य राखेर यस्ता व्यवहारिक र समय सान्दर्भिक नेतृत्व विकासका कार्यक्रमले विद्यार्थीको सर्वाङ्गीण विकास हुने विद्यालयले जनाएको छ ।

उक्त अभ्यासको मूल्यांकन गरी विद्यालयले वेस्ट टिचर अवार्डसमेत विद्यार्थीलाई दिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको