मङ्लबार, जेष्ठ १२, २०८३

29.1 C
Bhaktapur
मङ्लबार, जेष्ठ १२, २०८३
29.1 C
Bhaktapur
HomeNews Contentचाँगुपत्रख्वप कलेज अफ इन्जिनियरिङलाई ‘संस्थागत मान्यता’ : विश्वविद्यालय अनुदान आयोगद्वारा प्रमाणीकरण

ख्वप कलेज अफ इन्जिनियरिङलाई ‘संस्थागत मान्यता’ : विश्वविद्यालय अनुदान आयोगद्वारा प्रमाणीकरण


भक्तपुर। भक्तपुरको लिवालीस्थित ख्वप कलेज अफ इन्जिनियरिङले ‘संस्थागत मान्यता’ (Institutional Accreditation) प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगको हालै बसेको बोर्ड बैठकले कलेजको शैक्षिक गुणस्तर र पूर्वाधारको मूल्याङ्कनपछि उक्त मान्यता प्रदान गर्ने निर्णय गरेको हो।

आयोगका अनुसार २०८३ वैशाख ९ गते बसेको बोर्ड बैठकले कलेजको समग्र शैक्षिक अवस्था, भौतिक पूर्वाधार, व्यवस्थापन तथा गुणस्तर सुनिश्चितताका सूचकहरू मूल्याङ्कन गर्दै मान्यता दिने निष्कर्ष निकालेको हो।

शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्का तर्फबाट उप–निर्देशक भगवती पौडेलद्वारा हस्ताक्षरित पत्रमार्फत कलेजलाई बधाई दिँदै यस उपलब्धिलाई “उच्च शिक्षाको गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कोशेढुङ्गा” भनिएको छ। पत्रमा उल्लेख छ, “यस मान्यताले संस्थालाई आगामी दिनमा गुणस्तर प्रवर्द्धनमा थप जिम्मेवार र सक्रिय बन्न मार्गनिर्देशन गर्नेछ।”

आयोगले छिट्टै औपचारिक प्रमाणपत्र वितरण समारोह आयोजना गरिने जानकारी समेत दिएको छ। उक्त निर्णयको बोधार्थ त्रिभुवन विश्वविद्यालयका उपकुलपति र रजिस्ट्रार कार्यालयलाई पठाइएको छ।

नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज अफ इन्जिनियरिङले न्यून शुल्कमा गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ। यस मान्यतासँगै कलेजले भक्तपुर मात्र नभई समग्र देशकै इन्जिनियरिङ शिक्षामा सकारात्मक सन्देश दिएको शिक्षाविद्हरूको भनाइ छ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको