शुक्रबार, बैशाख १८, २०८३

16.1 C
Bhaktapur
शुक्रबार, बैशाख १८, २०८३
16.1 C
Bhaktapur
HomeNews Contentभक्तपुर टाइम्स विशेषभक्तपुरमा एसईई परीक्षामा ६ हजार बढी विद्यार्थी सहभागी

भक्तपुरमा एसईई परीक्षामा ६ हजार बढी विद्यार्थी सहभागी

भक्तपुर । शिक्षा विकास तथा समन्वय इकाइ भक्तपुरका अनुसार २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा भक्तपुर जिल्लाबाट ६ हजार ३६ विद्यार्थी सहभागी हुने भएका छन्।

जसमध्ये छात्र ३ हजार १०८ र छात्रा ३ हजार ६२८ रहेका छन्। जिल्लाभर २०० विद्यालयका विद्यार्थीहरूले परीक्षा दिने भएका हुन् ।
प्राविधिक धारतर्फ १२१ विद्यार्थी सहभागी भएका छन्, जसमा छात्र ५८ र छात्रा ६३ छन्। त्यस्तै, खुला शिक्षातर्फ ५९ विद्यार्थी सहभागी छन्, जसमा २७ छात्र र ३२ छात्रा रहेका छन्।

यसैगरी, ग्रेडवृद्धि (पुरक)तर्फ ३११ विद्यार्थी सहभागी भएको तथ्याङ्कमा उल्लेख गरिएको छ। परीक्षा आगामी चैत १९ गतेदेखि सुरू हुँदैछ ।

यस वर्षको एसईईमा भक्तपुरमा विद्यार्थी सहभागिता उल्लेखनीय देखिएको छ भने छात्राको संख्या छात्रभन्दा बढी रहेको तथ्यले शिक्षामा लैङ्गिक सन्तुलनतर्फ सकारात्मक संकेत गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको