सोमवार, चैत्र २, २०८२

11.1 C
Bhaktapur
सोमवार, चैत्र २, २०८२
11.1 C
Bhaktapur
HomeNews Contentखोेज/फिचरचम्किँदै साइनिङ्ग इंग्लिश सेकेण्डरी स्कुल : भव्य भयाे ३३ औँ वार्षिकोत्सव

चम्किँदै साइनिङ्ग इंग्लिश सेकेण्डरी स्कुल : भव्य भयाे ३३ औँ वार्षिकोत्सव

भक्तपुर । चाँगुनारायण क्षेत्रमा सञ्चालित साइनिङ्ग इंग्लिश सेकेण्डरी स्कुलले आफ्नो ३३ औँ वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाएको छ। कार्यक्रमअन्तर्गत अभिभावक दिवस, सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर फोँजुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष कर्णबहादुर शाही प्रमुख अतिथि थिए। कार्यक्रममा बोल्दै शाहीले विद्यार्थीलाई सकारात्मक सोचको विकास गर्ने शिक्षा दिनु आवश्यक रहेको बताए। उनले शिक्षा नै शान्ति र समृद्धिको उत्तम मार्ग भएको उल्लेख गरे।

कार्यक्रमका विशेष अतिथि चाँगुनारायण नगरपालिका वडा नं. ३ का अध्यक्ष श्यामसुन्दर धिमाल र वडा नं. ४ का अध्यक्ष रोजबहादुर तामाङ थिए। उनीहरूले साइनिङ्ग स्कुल शिक्षाको क्षेत्रमा चम्किरहेको शैक्षिक केन्द्र बनेको चर्चा गरे।

कार्यक्रममा ईप्सन अध्यक्ष जिबी खड्का, नेशनल प्याब्सन भक्तपुर अध्यक्ष पुण्यराम कवां, मोटिभेशनल स्पिकर तुल्सीहरि प्रजापति, सञ्चारकर्मी हरिसुन्दर छुकां लगायत अभिभावक, शिक्षक र विद्यार्थीको उपस्थिति थियो। कार्यक्रममा शिक्षिका लक्ष्मी खाताखोले स्वागत मन्तव्य राखिन्।
वार्षिकोत्सवको अवसरमा कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो। साथै विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा उत्कृष्ट अभिभावक पदकबाट स्मृति ढुकुछु, अनाेजबहादुर तामाङ, भक्तबहादुर श्रेष्ठ, राजिव तामाङ, रश्मि फोँजु, सुमन भडेल, सुमित्रा खत्री र राजमति लिगललाई सम्मान गरिएको थियो।

त्यसैगरी उत्कृष्ट शिक्षक सम्मान अन्तर्गत प्रावि तहबाट लक्ष्मी फोँजु, निमावि तहबाट सजना सुलु र मावि तहबाट रामहरि पराजुली सम्मानित भए।

विद्यार्थीको शैक्षिक विकासमा योगदान पुर्‍याउने छात्रवृत्ति प्रदायक व्यक्ति तथा संस्थाहरू संरचना नेपाल (हात्तीवन), सिर्जनशील सहयोगी हातहरू र कलाकार राजेन्द्र गिरीलाई पनि सम्मान गरिएको थियो।

विद्यालयले एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तथा उत्कृष्ट अंक हासिल गर्न सहयोग गर्ने शिक्षकलाई पनि सम्मान गरेको थियो। साथै तहगत रूपमा सफाइ, कक्षामा नियमित उपस्थित, अनुशासित र हस्तलेखनमा उत्कृष्ट विद्यार्थीलाई पनि सम्मान गरिएको थियो।

विद्यालय सञ्चालक समितिका अध्यक्ष विक्रम ढुकुछुले अभिभावक र विद्यार्थीको माग तथा आवश्यकताअनुसार शिक्षा दिइरहेको बताए। उनका अनुसार विद्यालयले व्यावहारिक र संस्कारयुक्त शिक्षासँगै विद्यार्थीको चौतर्फी विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिइरहेको छ।

विद्यालयले एसईई तथा बीएलई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै भक्तपुरको उत्तरी क्षेत्रमा शिक्षा विकासका लागि उल्लेखनीय योगदान पुर्याउँदै अघि बढिरहेको पनि कार्यक्रममा बताइएको थियो।
कार्यक्रममा कलाकार तथा जादुगर राजेन्द्र गिरीको टोलीले प्रस्तुत गरेको नृत्य तथा जादुले अभिभावक र विद्यार्थीलाई निकै रमाइलो बनाएको थियो। त्यसैगरी गायक कपिल कसपाल र पूर्व विद्यार्थी समीर बोगटीको प्रस्तुति पनि कार्यक्रमको आकर्षण बनेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्वन्धित समाचारहरू

यो हप्ता धेरै पढिएको